पीएसजीमै थन्किए नेयमार
एजेन्सी । ब्राजिलियन स्टार नेयमार अन्नतः पेरिस सेन्ट जर्मन (पीएसजी) मै थन्किएका छन् ।
वर्षभर ट्रान्सफर बजारमा छाएका नेयमार पछिल्लो समय बार्सिलोना जाने चर्चा खुबै चलेको थियो । नेयमारलाई भित्र्याउन बार्सिलोनासँगै रियल म्याड्रिड पनि कम्मर कसेर लागेको थियो । तर अन्तिममा दुबै क्लबको प्रस्तावलाई पीएसजीले स्वीकार गरेन ।
स्पेनिस लिगको खेलाडी ट्रान्सफरको समय सोमबारसम्म थियो । अन्तिमसम्म पनि नेयमारलाई बार्सिलोना फर्काउने विषयमा बार्सिलोना र पीएसजीका पदाधिकारीबीच छलफल भएको थियो । तर, पीएसजीले ठूलो रकम सहित विभिन्न सर्त राखेकाले नेयमारको ट्रान्फर सफल भएन । नेयमार दुई बर्षअघि दुई सय २२ मिलियन युरोमा बार्सिलोनाबाट पीएसजी गएका थिए ।
पीएसजी गएपछि नेयमारले बार्सिलोनाले आफुलाई २६ मिलियन युरो नदिएको भन्दै स्पेनको अदालतमा मुद्दा दायर गरेका थिए । त्यसपछि बार्सिलोनाले पनि नेयमारबाट क्लबले उल्टै ७५ मिलियन युरो पाउनु पर्नेमा नदिएको भन्दै मुद्दा दायर गरेको थियो ।
यस मुद्दाको फैसला यही सेप्टेम्र २७ तारिख हुँदैछ । बार्सिलोना जाने इच्छा सफल नभएपनि नेयमारको भेट अब बार्सिलोनाका पदाधिकारीसँग अदालतमा हुनेछ ।
२७ वर्षीय नेयमारले पिएसजीमा दुई सिजनमा ५८ खेल खेल्दै ५१ गोल गरेका छन् । यस अघि बार्सिलोनामा उनले चार सिजन खेल्दै एक सय ८६ खेलमा एक सय पाँच गोल गरेका थिए ।
ब्राजिलका महत्त्वपूर्ण खेलाडी उनले राष्ट्रिय टोलीबाट ९७ खेल खेल्दै ६० गोल गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण