हिट परिवारका यी ‘फ्लप’ छोराले बनाए दिदीको नामको ट्याटु, १ घण्टामा १५ हजार लाइक्ससहित चर्चामा
नायक हर्षवर्धन कपुरले सोमबार सोसल मिडियामा सेयर गरेर आफ्नो दुई नयाँ ट्याटु देखाएका छन् । इन्स्टाग्राममा पोस्ट गरिएको एक तस्बिरमा नायकले आफ्ना दुई दिदीको नाम खोपेका छन् – रिया र सोनम । उनको यो पोष्टलाई एक घण्टामा १५ हजारले लाइक्स गरेका छन् । कमेन्ट बक्समा उनका प्रशंसकले उनको अत्यधिक तारिफ गरेका छन् । एक प्रशंसकले कमेन्टमा लेखेका छन्, ‘भाइ होस् त यस्तो । ’ यस्तै अर्का महिला प्रशंसकले लेखेका छन्, ‘मलाई तिमीजस्तो भाइ चाहिन्छ । ’
हर्षवर्धन नायक अनिल कपुर र उनकी श्रीमती सुनिताका सबैभन्दा कान्छा र एक्ला छोरा हुन् । रिया निर्मात्री हुन् भने सोमम नायिका हुन् । दिदी भाइ सोसल मिडियामा एक–अर्काबारे पोष्ट गरिरहन्छन् ।
अनिल कपुरले कफी विद करणमा आफ्ना तीन सन्तानका लागि एउटा भिडियो सन्देश पठाए । उनले हर्षवर्धनलाई ‘तीनैजना प्रति संवेदनशील, परिपक्व र बुद्धिमान’ भने ।
हर्षवर्धन दुई फिल्म ‘मिर्ज्या’ र ‘भावेश जोशी सुपरहिरो’ मा देखिए । यी दुई फिल्म बक्स अफिसमा फ्लप भए । उनले शुटर अभिनव बिन्द्राको बायोपिकमा देखिनका लागि साइन गरेका छन् तर प्रोजेक्ट थुप्रै महिनादेखि अड्किएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण