शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हिट परिवारका यी ‘फ्लप’ छोराले बनाए दिदीको नामको ट्याटु, १ घण्टामा १५ हजार लाइक्ससहित चर्चामा

बुधबार, १८ भदौ २०७६, ०९ : ४७
बुधबार, १८ भदौ २०७६

नायक हर्षवर्धन कपुरले सोमबार सोसल मिडियामा सेयर गरेर आफ्नो दुई नयाँ ट्याटु देखाएका छन् । इन्स्टाग्राममा पोस्ट गरिएको एक तस्बिरमा नायकले आफ्ना दुई दिदीको नाम खोपेका छन् – रिया र सोनम । उनको यो पोष्टलाई एक घण्टामा १५ हजारले लाइक्स गरेका छन् । कमेन्ट बक्समा उनका प्रशंसकले उनको अत्यधिक तारिफ गरेका छन् । एक प्रशंसकले कमेन्टमा लेखेका छन्, ‘भाइ होस् त यस्तो । ’ यस्तै अर्का महिला प्रशंसकले लेखेका छन्, ‘मलाई तिमीजस्तो भाइ चाहिन्छ । ’

हर्षवर्धन नायक अनिल कपुर र उनकी श्रीमती सुनिताका सबैभन्दा कान्छा र एक्ला छोरा हुन् । रिया निर्मात्री हुन् भने सोमम नायिका हुन् । दिदी भाइ सोसल मिडियामा एक–अर्काबारे पोष्ट गरिरहन्छन् ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

V taper #mondaymotivation @sonamkapoor @rheakapoor

A post shared by Harsh Varrdhan Kapoor (@harshvarrdhankapoor) on

अनिल कपुरले कफी विद करणमा आफ्ना तीन सन्तानका लागि एउटा भिडियो सन्देश पठाए । उनले हर्षवर्धनलाई ‘तीनैजना प्रति संवेदनशील, परिपक्व र बुद्धिमान’ भने ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Delighted about my collaboration with @hm #HMxMyntra #HMOnTheGo Shot by: @ishaannair7

A post shared by Harsh Varrdhan Kapoor (@harshvarrdhankapoor) on

हर्षवर्धन दुई फिल्म ‘मिर्ज्या’ र ‘भावेश जोशी सुपरहिरो’ मा देखिए । यी दुई फिल्म बक्स अफिसमा फ्लप भए । उनले शुटर अभिनव बिन्द्राको बायोपिकमा देखिनका लागि साइन गरेका छन् तर प्रोजेक्ट थुप्रै महिनादेखि अड्किएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप