अफेयरमा भएको भन्दै महिलालाई जेल, बाहिर आएपछि श्रीमानद्वारा गोली हानी हत्या
एक श्रीमतीलाई अदालतले अफेयरका कारण जेलको सजाय सुनाएको थियो । जेलबाट निस्किएपछि श्रीमानले गोली हानी हत्या गरेका छन् । घटना इराकको कुर्दिस्तानको हो । इन्डिपेन्डेन्ट डट को डट युकेको रिपोर्ट अनुसार महिलाको डेढ वर्षको जेल सजाय पूरा भएपछि जोडीबीच सम्बन्धविच्छेदको मुद्दा चलिरहेको थियो ।
आइतबार सम्बन्धविच्छेदको सुनुवाईपछि अदालत परिसर बाहिर श्रीमानले श्रीमतीको गोली हानी हत्या गरेका हुन् । इरबिल अदालत बाहिर कार पार्किङमा श्रीमानले ६ पटक गोली चलाएको बताइन्छ । स्मरण रहोस्, इराकी कुर्दिस्तानमा विवाहेत्तर सम्बन्ध राख्ने महिला–पुरुष दुबैलाई सजायको प्रावधान छ ।
इरबिल पुलिसका प्रमुख अब्दुल खालिक तलातले कुर्दिस्तान २४ सँगको कुराकानीमा आरोपीलाई घटनास्थलबाटै पक्राउ गरिएको जानकारी दिए । उनीमाथि हत्याको आरोप दर्ता गरिएको जानकारीमा उल्लेख छ ।
पुलिसका अनुसार सुरुवाती अनुसन्धानबाट यी दुईबीच सन् २०१८ देखि नै समस्या सुरु भएको हो । इरानी र कुर्दिश महिलासँग सम्बन्धित एक संस्थाले यसलाई अनर किलिंग बताएको छ ।
इरानियन एण्ड कुर्दिश वुमन राइट्स अर्गनाइजेशनकी एक्जेक्युटिभ डायरेक्टर डिआना नम्मीले दिएको जानकारी अनुसार अफेयरका कारण महिलालाई डेढ वर्षको जेल सजाय भएको थियो । जेलमुक्त भएपछि उनले सम्बन्धविच्छेदको माग गरिन् जसका कारण उनलाई गोली हानी हत्या गरियो । महिलाका पिताले हत्यापछि आफ्नी छोरीले न्याय पाएको भन्दै आरोपीको समर्थन गरेको उनले दाबी गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण