वडा कार्यालयमै छुरा प्रहार, एकजना पक्राउ
बुधबार, १८ भदौ २०७६, १४ : ४२

झापा । झापाको शिवसताक्षी नगरपालिका–८ को कार्यालयमा आज बिहान ११ बजे पुरानो रिसइवीका कारण साथीलाई छातीमा छुरा प्रहार गरी घाइते बनाउने सागर तिम्सिनालाई प्रहरीले पक्राउ गरेको छ ।
सोही वडाका २३ वर्षीय तिम्सिनाले शिवसताक्षी–११ बस्ने ३३ वर्षीय सुरज राईलाई छातीमा छुरा प्रहार गरी वडा कार्यालयमै घाइते बनाएका थिए ।
घाइते राईको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पुरानो रिसइवीका कारण राईको छातीमा छुरा प्रहार गर्ने तिम्सिनालाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)
-
नेपाल लाइफले मनायो २४औँ वार्षिकोत्सव
-
सत्ता गठबन्धनमा कांग्रेसकै पनि धेरै असन्तुष्टि छ : महत
-
ओमोडा एन्ड जेइकोले गर्यो ‘स्विच एन्ड ड्राइभ प्रि-बजेट एक्सचेन्ज अफर’ सार्वजनिक
-
प्रधानमन्त्री पत्नीले भनिन्– मेरी बहिनीलाई ट्याक्सी ड्राइभरले ओलीबारे यस्तो–उस्तो भनेछ
-
चार जिल्लामा अति भारी वर्षा