विधायन व्यवस्थापन समितिमा कानुनमन्त्री र समिति सदस्यबीच आरोप प्रत्यारोप
काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद जितेन्द्र नारायण देवले संविधानको धारा नै उल्लेख गरेर विधेयक ल्याउन सरकारसँग माग गरेका छन् । सांसद देवले संविधानको धारानै उल्लेख गरी विधेयक ल्याए त्यसमाथि प्रश्न गर्ने ठाउँ नै नरहने तर्क गरे । संघीय संसदको विधायन व्यवस्थापन समितिको बुधबारको बैठकमा पेश गरिएको ‘संघ, प्रदेश र स्थानीय तह (अन्तर सम्बन्ध व्यवस्थापन) विधेयक, २०७५’ माथिको दफाबार छलफलका क्रममा उनले संविधानको धारामै टेकेर विधेयक ल्याउन सके त्यसमाथिको आलोचना आफै हटेर जानेतर्फ पनि सरकारलाई सचेत गराए ।
सत्तारुढ नेकपाका सांसद जीवन बुढाले संघ, प्रदेश र स्थानीय तहको कानुन निर्माण गर्ने सीमा निर्धारण तत्काल गर्न सरकारको ध्यानाकर्षण गराए । उनले प्रदेश समन्वय परिषदको व्यवस्था संविधानमा व्यवस्था गरिएकाले विधेयकमा पनि त्यसलाई समावेश गर्न उपयुक्त हुने सुझाव दिए ।
यता, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले विधेयकलाई समृद्ध बनाएर कानुन बनाउने काममा सरकार प्रतिबद्ध रहेको बताए । उनले सरकारले ल्याएको सबै विधेयकलाई समृद्ध बनाउन खुला छलफलमा भाग लिन पनि सरोकारवाला निकायलाई आग्रह गरे । मन्त्री ढकालले संविधानको परिधिभित्र रहेर सरकारले विधेयकहरु ल्याउने गरेको पनि स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण