सामाजिक सुरक्षा योजना कार्यान्वयन प्रक्रियामा कडा निगरानी गरिने
बुधबार, १८ भदौ २०७६, १८ : ५३
काठमाडौं– सरकारले सामाजिक सुरक्षा योजना कार्यान्वयन भए /नभएको कडा निगरानी गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सामाजिक सुरक्षा योजना कार्यान्वयन नगर्ने विद्यालय भए त्यसबारे जानकारी गराउन संस्थागत विद्यालय शिक्षक युनियनलाई पनि आग्रह गरेका हुन् ।
युनियनका पदाधिकारीसँग बुधबार सिंहदरबारमा भएको भेटमा उनले श्रमिक शिक्षकहरुलाई न्यूनतम वेतन नदिएको पाइए कडा कार्वाही हुने चेतावनी पनि दिए । मन्त्री विष्टले श्रमिकहरुको न्यूनतम वेतन, वेतनको बैकिङ प्रणालीमार्फत् भुक्तानी गर्ने तथा हरेक श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा नल्याउने कुनै पनि संस्थामाथि कार्वाही गर्न सरकार प्रतिवद्ध रहेको पनि बताए ।
मन्त्री विष्टले सरकारले सबै श्रमिकहरुको हितलाई ध्यानमा राखेर सामाजिक सुरक्षा योजना कार्यान्वयनमा ल्याएको पनि स्मरण गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण