पर्यटनमन्त्री भट्टराईद्वारा देवघाटधामको अवलोकन
भरतपुर– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आज देवघाटधामको स्थलगत अवलोकन गरेका छन् । उनले देवघाटधामको अवलोकनसँगै निर्देशनसमेत दिए हुन् ।
मन्त्री भट्टराईले देवघाटको विकासमा मन्त्रालय प्रतिबद्ध रहेको बताए । उनले भने, ‘स्थानीय तह, प्रदेश सरकार र मन्त्रालयको समन्वयमा देवघाटको विकास गर्नुपर्छ, मन्त्रालयका तर्फबाट सक्दो सहयोग हुन्छ ।’ उनले छिट्टै स्थानीय तह, प्रदेश सरकार र मन्त्रालयबीच देवघाटको विकासका लागि छलफल आयोजना गरिने बताए ।
सो अवसरमा देवघाटको अवस्था र समस्याका बारेमा देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले मन्त्री भट्टराईलाई जानकारी गराका थियो । उनले बजेट अभावमा गुरुयोजनाअनुसार काम गर्न समस्या भएको बताए । देवघाटको विकास गठन आदेशबाट मात्र सम्भव नहुने भन्दै छुट्टै ऐनको व्यवस्था गर्न उनले माग गरे।
मन्त्री भट्टराईले देवघाटमा निर्माणाधीन रहेको शवदाह गृहको समेत निरीक्षण गरेका थिए । उनले गलेश्वर आश्रममा सामूहिक भोजन ग्रहण गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माद्वारा संसद् अवरुद्ध
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण