पञ्जाबको पटाखा कारखानामा भएको विस्फोटमा मारिनेको संख्या २३ पुग्यो
भारतको पञ्जाबस्थित गुरदासपुरको बटाला क्षेत्रमा बुधबार दिउँसो करीब ३ः३० बजे एक पटाखा कारखानामा विस्फोट भएको छ ।
गुरदासपुरका डीसी विपुल उज्जवले घटनामा अहिलेसम्म २३ जनाको मृत्यु भएको पुष्टि भएको जानकारी दिएका छन् । त्यस्तै, करीब २५ जना अझै भगनावशेषमा फँसिरहेको हुनसक्ने आशंका गरिएको छ । उनीहरुको उद्दार कार्य अहिले पनि जारी रहेको छ ।
घटनामा २७ जना घाइते रहेको हिन्दुस्तान टाइम्सले जनाएको छ ।
विस्फोट यति शक्तिशाली थियो, ५ सय मिटर टाढा रहेको एक मलको शिशा फुटेको थियो भने नजिकका घरहरुमा समेत क्षति पुर्याएको थियो ।
स्थानीयका अनुसार बटाला–जलन्धर रोडको हंसली क्षेत्रस्थित पटाखा कारखानामा भएको विस्फोटको आवाज कयौँ किलोमिटरसम्म सुनिएको थियो ।
विस्फोट के कारण भयो भन्ने अझै खुल्न सकेको छैन ।
एसएसपी उपिन्दरजीन सिंह घुम्मनले कारखाना आवास क्षेत्रमा भएको कारण मृतकको संख्याको बारेमा अहिले नै केही भन्न सकिने स्थिति नरहेको बताए ।
स्थानीयका अनुसार यो कारखानामा यसअघि पनि विस्फोट भएको थियो । सन् २०१७ मा भएको विस्फोटमा एक जनाको मृत्यु भएको थियो भने ३ जना घाइते भएका थिए ।
पञ्जाबका मुख्यमन्त्री अमरिंदर सिंह र प्रदेश काँग्रेस अध्यक्ष सुनील जाखड बिहीबार बटाला पुग्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिन्धुलीमा जराबुट्टा कला सङ्ग्रहालय आकर्षणको केन्द्र
-
लगातार छैटौँ दिन बढ्यो सेयर बजार, ६ अर्ब ६७ करोडको कारोबार
-
अमेरिकी आक्रमण जारी रहेसम्म स्ट्रेट अफ होर्मुज नखुल्ने इरानको चेतावनी
-
नागरिकमा चर्को असन्तुष्टि छ, सम्बोधन नभए विस्फोट हुन्छ : गगन थापा
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण