बस दुर्घटनामा ७ जना घाइते, दुईको अवस्था गम्भीर
दाङ । गत राती दाङमा बस दुर्घटना हुँदा घाइते भएका ७ जनामध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।
बुटवलबाट दाङतर्फ आउँदै गरेको लु १ ख ८४९० नम्बरको बस अनियन्त्रित भइ सडक किनारमै पल्टिएको थियो ।
घाइतेमध्ये ५ जनाको स्थानीय अस्पतालमा उपचार भएर डिस्चार्ज भइसकेको छ भने दुई जना गम्भीर घाइतेलाई प्रादेशीक अस्पताल बुटवल पठाइएको दाङका प्रहरी प्रवक्ता डिएसपी विनोद विक्रम शाहले जानकारी दिए ।
उनका अनुसार घम्भीर घाइतेहरुमा सल्यानको बाघचौर–१२ की १९ वर्षीया गीता केसी र दाङको लमही–१ की ४५ वर्षीया गीता कुमाल रहेकी छन् ।
यता, दाङमै सर्पले डस्दा एक बालिकाको मृत्यु भएको छ । सर्पले डस्दा बुधबार राति घोराही उपमहानगरपालिका–१ सिमताराकी सात वर्षीया गोमा ओलीको मृत्यु भएको शाहले जानकारी दिए । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण