बस दुर्घटनामा ७ जना घाइते, दुईको अवस्था गम्भीर
दाङ । गत राती दाङमा बस दुर्घटना हुँदा घाइते भएका ७ जनामध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।
बुटवलबाट दाङतर्फ आउँदै गरेको लु १ ख ८४९० नम्बरको बस अनियन्त्रित भइ सडक किनारमै पल्टिएको थियो ।
घाइतेमध्ये ५ जनाको स्थानीय अस्पतालमा उपचार भएर डिस्चार्ज भइसकेको छ भने दुई जना गम्भीर घाइतेलाई प्रादेशीक अस्पताल बुटवल पठाइएको दाङका प्रहरी प्रवक्ता डिएसपी विनोद विक्रम शाहले जानकारी दिए ।
उनका अनुसार घम्भीर घाइतेहरुमा सल्यानको बाघचौर–१२ की १९ वर्षीया गीता केसी र दाङको लमही–१ की ४५ वर्षीया गीता कुमाल रहेकी छन् ।
यता, दाङमै सर्पले डस्दा एक बालिकाको मृत्यु भएको छ । सर्पले डस्दा बुधबार राति घोराही उपमहानगरपालिका–१ सिमताराकी सात वर्षीया गोमा ओलीको मृत्यु भएको शाहले जानकारी दिए । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शंखपार्कमा पुरुषको शव फेला
-
बुन्डेस लिगा च्याम्पियन बायर लेभरकुजन लगातार ४८ खेलमा अपराजित
-
संविधानमा व्यवस्था भएका मौलिक हकहरु व्यवहारमा कार्यान्वयन हुन सकेनन्ः मन्त्री शर्मा
-
विवादित अग्निपथ : नेपाल सरकारको अडानमा भारतीय कङ्ग्रेसको साथ
-
एसपीजी अटोमोबाइल्सलाई ‘आउटस्ट्यान्डिङ सेल्स’ र ‘ईभी पायोनियर’ अवार्ड
-
निहारा र अदितिलाई ‘किड्स क्यापिटल नेपाल’ को उपाधि