अब विदेशीले पनि बैंकमा खाता खोलेर मुद्दती निक्षेप राख्न पाउने
बिहीबार, १९ भदौ २०७६, ११ : १९
काठमाडौं–विदेशीले पनि नेपालमा खाता खोलेर विदेशी मुद्रा मुद्दती निक्षेपमा राख्न पाउने भएका छन् ।
तर यस्तो विदेशी मुद्राको मुद्दती निक्षेप कम्तिमा २ वर्षको हुनुपर्नेछ । यस्ता खालको खाता विदेशी संस्था र गैरआवासीय नेपालीले खोल्न पाउने नेपाल राष्ट्र बैंकले जनाएको छ । यस्तो खाता दुई वा दुई भन्दा बढी विदेशी सँस्था र गैर आवासीय नेपालीले संयुक्त रुपमा पनि खोल्न पाउनेछन् ।
यस्तो खाता खोल्न नेपाल सरकारबाट जारी भएको गैर आवासयि नेपालीको परिचयपत्र हुनुपर्नेछ । र यो परिचयपत्र नविकरण गरेको हुनुपर्नेछ ।
तर विदेशी निक्षेपकर्ताको हकमा संस्थाको सञ्चालक समितिले खाता खोल्न गरेको निर्णय समावेश गराउनुपर्नेछ । खाता अमेरीकी डलर, पाउण्डस्टलिङ, युरो, अष्ट्रेलियन डलर, कयानेडियन डलरमा खोल्न सकिने राष्ट्र बैंकले स्पष्ट पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण