टिकटकमा ४० हजार बढी फलोअर्स, वास्तविक जीवनमा भने लुटेराः पक्राउ
चिनियाँ एप टिकटकमा मानिसहरुको क्रेज बढ्दो छ । यो एपमार्फत् मानिसहरुले आफ्नो प्रतिभा देखाइरहेका छन् र लोकप्रियता पनि हाँसिल गरिरहेका छन् । यस्तै एक २३ वर्षीय टिकटक स्टार शाहरुख खान चर्चामा छाएका छन् । उनी उत्तर प्रदेशको बुलन्द शहरमा बस्छन् ।
टिकटकमा पहिलेदेखि नै चर्चित उनी अहिले पुलिसको नजरमा परेका छन् । उनको आपराधिक क्रियाकलाप उजागर भएको छ । उनलाई बुधबार ग्रेटर नोएडाबाट पक्राउ गरिएको छ ।
शाहरुख आफ्ना तीन साथीसँग मिलेर पछिल्लो ६ महिनादेखि लुटपाटमा संलग्न भएको पुलिसले जानकारी दिएको छ । उनले बाटोमा हिँड्नेहरुको फोन र पैसा लुट्ने गरेका थिए । ग्रेटर नोएडाका पुलिसले यी लुटपाटबारे केही सुराग भेटेका थिए र पुलिसले उनीहरुको खोजी सुरु गरेका थिए ।
चार संदिग्ध शाहरुख, आसिफ, फैजान र मुकेशलाई ग्रेटर नोएडा पुलिसले पक्राउ गरेको छ । सोधपुछको क्रममा उनीहरुले करिब ६ वटा लुटपाट गरेको स्विकारेका छन् । पुलिसले उनीहरुसँग भएको मोबाइल फोन, बाइक र पैसा बरामद गरेका छन् ।
शाहरुख, आसिफ र फैजान तीनैजना उत्तर प्रदेशको बुलन्दशहरका हुन् । जबकी मुकेश बिहारका हुन् । यीमध्ये शाहरुख राम्रा डान्सर हुन् र टिकटकमा उनका हज्जारौं फलोअर्स छन् ।
पुलिसका अनुसार शाहरुखले पीडितलाई सुरुमा छामछुम गर्दथे र त्यसपछि लुट्ने गर्दथे । लुटपाटपछि शाहरुखले नै ती पैसा आफ्ना साथीहरुलाई बाँड्थे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण