आर्थिक विकासमा निजी क्षेत्रको योगदान अग्रणी ः कावा प्रधानमन्त्री पोखरेल
बिहीबार, १९ भदौ २०७६, १८ : ३२
काठमाडौं – कार्यवहाक प्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकको सामाजिक–आर्थिक विकासमा निजी क्षेत्रको योगदान अग्रणी रहेको बताएका छन् ।
कार्यवहाक प्रधानमन्त्री पोखरेलले मुलुकले दीगो विकासको लक्ष्य हासिल गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । बिहीबारबाट काठमाडौंमा सुरु भएको ‘दीगो विकासका लागि जिम्मेवार व्यवसाय सम्मेलन’ को उद्घाटनमा उनले सन् २०३० भित्र नेपाललाई दीगो विकास लक्ष्य हासिल गर्न ३०४ खर्व बजेट चाहिने अनुमान गरिएको उल्लेख गर्दै त्यसमा निजी क्षेत्रले ३६ प्रतिशत भन्दा बढी योगदान गर्न सक्ने अपेक्षा बताए ।
कार्यवहाक प्रधानमन्त्री पोखरेलले निजी क्षेत्रलाई साथमा लिएरै मुलुकलाई समृद्ध बनाउने काममा सरकार प्रतिवद्ध भएर लागि परेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण