अब सिटी एक्सप्रेस पनि कनेक्ट आईपिएसमा आबद्ध
काठमाडौं– सिटी एक्सप्रेस मनी ट्रान्सफर र नेपाल क्लियरिङ्ग हाउस बीच अब अन्तर बैंक भुक्तानी प्रणाली सेवा सुरु भएको छ ।
उक्त भुक्तानी प्रणाली सेवा नेपाल क्लियरिङ्ग हाउस को कनेक्ट आईपिएस मार्फत ८० भन्दा बढी बैंक तथा वित्तिय संस्थाहरु बाट हुनेछ ।
सो सेवा अन्तर्गत अब सिटी एक्सप्रेस मनी ट्रान्सफरबाट रेमिटान्स कारोबारहरु कनेक्ट आईपीएस ई–पेमेन्ट मार्फत रियल टाइम र एनसीएचएल–आईपीएसमार्फत तोकिएको सीमामा उक्त कारोबारहरु भुक्तानी गर्न सकिन्छ ।
यस अनुरुप अव बैंक भुक्तानी कार्य हरु धेरै सहज र सरल हुने बिश्वास गरिएको छ । उक्त सम्झौता पत्रमा नेपाल क्लियरिङ्ग हाउसका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान र सिटी एक्सप्रेस मनी ट्रान्सफरका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डनले हस्ताक्षर गरे ।
सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै बिगत १३ वर्ष देखि बिश्व भरी आफ्नो रेमिट एजेन्ट्हरुबाट ७ हजार भन्दा बढी नेपालको एजेन्ट्हरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण