कागजमै सीमित हुने योजनाको अब सूक्ष्म ढङ्गले छानबिन गरिन्छ ः मन्त्री पण्डित
सप्तरी – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्थानीय, प्रादेशिक, सङ्घीय सरकारले देशलाई समृद्ध बनाउँदै नयाँ पहिचान कायम गर्न सफल भइरहेको बताएका छन् ।
सप्तरीको कञ्चनरुप नगरपालिकाद्वारा आज आयोजित बालमैत्री नगर घोषणामा दुई छिमेकी देशको बीचमा रहेर नेपालले आर्थिक क्षेत्रमा फड्को मारिरहेको बताउँदै उनले देशमा सङ्घीयता कार्यान्वयनमा आए पनि प्रारम्भिक चरणमै रहेको बताए ।
सङ्घीय सरकारमार्फत तराई मधेश समृद्धि कार्यक्रम आफैँले ल्याउन लगाएको दाबी गर्दैै मन्त्री पण्डितले कागजमै सीमित हुने योजनाको अब सूक्ष्म ढङ्गले छानबिन गरिनेसमेत बताए ।
स्थानीय तहमा उपभोक्ता समिति र ठेकेदारबाट भइरहेको विकास निर्माणका योजनाको छानबिनका लागि अख्तियारलाई जिम्मा दिइएको बताउँदै उनले काका, भतिजा, दाजु भाइको नेतृत्वमा उपभोक्ता समिति बनाउने र काम गर्ने जनप्रतिनिधिविरुद्ध सरकार कठोररुपमा प्रस्तुत हुने पनि बताए ।
‘अहिले गलत काम गर्नेलाई थुनेर अख्तियारको कोठा भरिभराउ बनेको छ”, मन्त्री पण्डितले भने, ‘भ्रष्टाचारी पक्रिन रोकिने छैन ।
उनीहरुलाई थुन्नका लागि ठूलाठूला हल बनाउन पनि हामी तयार छौँ ।’ उनले गलत गर्ने जनप्रतिनिधि वा राष्ट्रसेवक कसैलाई नछाड्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण