लोकसेवा परीक्षा प्रक्रिया सुरुः १७५ उपसचिव र १०० सहसचिवको नयाँ भर्ना खुल्दै
संघमा कर्मचारी समायोजनका कारण झन्डै दुई वर्षदेखि अवरुद्ध रहँदै आएको कर्मचारी भर्ना प्रक्रिया सुरु भएको छ । केन्द्रीय सरकारअन्तर्गत रिक्त रहेका विभिन्न सेवा समूहका १ सय सहसचिव र १७५ उपसचिवको पदपूर्ति प्रक्रिया सुरु भएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त्रालय र निकायबाट माग भई आएको संख्याको आधारमा पहिलो चरणमा १ सय सहसचिव र १७५ जना उपसचिवको माग आकृति फारम लोकसेवा आयोगमा पठाउने निर्णय गरेको हो ।
मन्त्रालयको बिहीवारको सो निर्णयसँगै लोकसेवाले केन्द्रीय सरकारमा कर्मचारी भर्नाको प्रक्रिया थाल्नेछ । लोकसेवाले पनि आवश्यक तयारी थालिएको जानकारी दिएको छ ।
मन्त्रालयले आयोगलाई पठाउने निर्णय गरेको माग आकृति फारममा प्रशासन सेवाका ७० भन्दा बढी सहसचिवको माग गरिएको छ भने उपसचिवमा पनि प्रशासन सेवाकै बढी रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रलायले जानकारी दिएको छ ।
मन्त्रालयको यस निर्णयसँगै संघमा रिक्त रहेका विभिन्न सेवा समूहका अन्य ७ हजार रिक्त पदमा पनि कर्मचारी भर्नाको प्रक्रियासमेत सुरु हुने भएको छ ।
केन्द्रीय सरकारमा लामो समयदेखि रिक्त पदहरूमा पदपूर्तिको प्रक्रिया सुरु हुन नसक्दा नीतिगत निर्णयदेखि सेवा प्रवाहसमेत प्रभावित हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण