मकवानपुरको भीमफेदीमा जीप दुर्घटना हुँदा ३ को मृत्यु, ८ घाइते
शुक्रबार, २० भदौ २०७६, १८ : २५
मकवानपुर – मकवानपुरको भीमफेदीमा टाटासुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । आठ जना घाइते भएका छन् ।
मकवानपुरका प्रहरी उपरीक्षक मुकेश सिंहले सर्लाहीबाट काठमाडौं जादै गरेको ना १ ज ३६४० नम्बरको सुमो भीमफेदी गाउँपालिका वडा नम्बर ६ चियानडाँडाँमा दुर्घटना भएको जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा घाइते भएका ११ मध्ये तीन जनाको मृत्यु भएको हो । एक जनाको घट्नास्थलमै र २ जनाको उपचारका क्रममा मृत्यु भएको सिंहले जानकारी दिए । अन्य घाइतेहरुको सामान्य उपचारपछि डिस्चार्ज भएको पनि उनले जानकारी दिए ।
दुर्घटनामा परी रामेछाप रजनगाउँकी १० महिने बालिका साम्राज्ञी माझी, महोत्तरी माइस्थान ६ का ७० वर्षीय बीरसिंह वाइवा र सर्लाहीका महेन्द्र सहनीको मृत्यु भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण