नेपालले सिंगापुरमा टी–२० सिरिज खेल्ने
काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीले सिंगापुरमा तीन राष्ट्रबीच त्रिकोणात्मक टी–२० क्रिकेट सिररिज खेल्ने भएको छ । सिंगापुर क्रिकेट एसोसियसनको निमन्त्रणामा नेपालले सिरिज खेल्न लागेको हो ।
सिंगापुरले आयोजना गर्ने सिरिजमा नेपाल, आयोजक सिंगापुर र जिम्वाबेको सहभागिता रहनेछ । सेप्टेम्बर २७ देखि अक्टोबर ३ तारिखसम्म हुने सिरिज डबल राउन्ड रोविनका आधारमा खेलिनेछ ।
शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ । सिंगापुरले विश्वकप ग्लोबल छनोटको तयारीका लागि सिरिज आयोजना गरेको हो । दुई महिना अघि सिंगापुरमै भएको एसिया छनोटको उपाधि जित्दै सिंगापुरले ग्लोबल छनोटमा स्थान बनाएको थियो ।
नेपालले सिंगापुरमा यस सिरिज सकेर ओमनमा हुने पाँच राष्ट्र सम्मलित टी–२० सिरिज खेल्न जानेछ । ओमनमा अक्टोबर ५ देखि १० सम्म सञ्चालन हुने सिरिजमा नेपालसहित आयरल्यान्ड, ओमन, हङकङ र नेदरल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण