‘चेलीबेटी बेचबिखन रोक्ने मेरो अन्तिम सपना’
हेटौंडा – प्रदेश नं ३ का प्रदेश प्रमुख अनुराधा कोइरालाले चेलिबेटी बेचविखन गर्ने कार्य पूर्णरुपमा रोक्ने आफ्नो सपना रहेको बताएककी छन्।
प्रदेश ३ को सामाजिक विकास मन्त्रालयको आयोजनामा ‘सरकारको प्रतिवद्धता, मानब बेचबिखन तथा ओसार पसार नियन्त्रणमा हाम्रो ऐक्यवद्धता’ नाराका साथ मानव बेचबिखन तथा ओसार पसारविरुद्धको १३औँ राष्ट्रिय दिवसको अवसरमा उनले चेलीबेटी बेचबिखन रोक्नु जरुरी रहेको बताइन् ।
नेपाल र भारतबीच खुला सीमाको दुरुपयोग गर्दै चेलीबेटी बेचबिखन हुने गरेकाले यसलाई नियन्त्रण गर्न सबै लाग्नुपर्ने बताइन् । उनले प्रतिवद्धता मात्र होइन काम गरेर देखाउन सबैलाई आग्रह गरिन् । ‘बेचविखन रोक्न चुनौती छन् तर काम गरेर देखाउनुपर्छ’, उनले भनिन् ।
प्रदेश ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले मानब बेचविखन रोक्नका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताए । मानव बेचबिखनका धेरै रुप भएकाले यसलाई रोक्न सबैको सहयोग आवश्यक रहेको उनको भनाइ थियो ।
प्रदेश ३ का प्रमुख प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँले मानब बेचबिखनविरुद्धको अभियानमा सरकारलाई सघाउँदै आएको बताए । कार्यक्रममा प्रदेशसभा सदस्यहरु प्रेमबहादुर पुलामी र ओम घलान, जिल्ला समन्वय समितिका रघुनाथ खुलाल, उपप्रमुख भगवती पुडासैनीलगायतको सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण