नक्कली सवारी लाइसेन्ससहित तीन जना प्रहरीको फन्दामा
रौतहट – विभिन्न सवारी साधनहको नक्कली लाइसेन्स बनाउने ३ जना बारा प्रहरीको फन्दामा परेका छन् । नक्कली सवारी लाइसेन्ससहित पक्राउ पर्नेहरुमा मकवानपुर बकैया गाँउपालिका वडा नम्बर ८ बस्ने वर्ष ३१ का रामबहादुर स्याङतान, वर्ष ३३ का गोलाप सिंह भुपाल र बारा जिल्ला सुवर्ण गाँउपालिका वडा नम्बर ५ बस्ने वर्ष ४५ का गगनदेव साह रहेको बारा प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट पुरानो सवारी चालक अनुमति पत्र १ थान, नक्कली सवारी चालक अनुमतिपत्र स्मार्ट कार्ड ४ थान, ८ लाख २५ हजार बराबरको रामबहादुर स्याङतान,को नाममा विभिन्न बैकमा काटिएको चेक ४ थान बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी रञ्जित शिंह राठौरले बताए ।
सरकारी छाप र हस्ताक्षर गरेकोमा किर्तेमुद्धा दर्तागरी जिल्ला अदालत बारा बाट पाँचदिनको म्याद थमाई घटनाको थपअनुसंधान गरीरहेको डिएसपी राठौरले बताए । नक्ककली लाइसेन्स बनाउने ग्रिरोहका नाइके गगनदेव साह यसअघि २०७५मा बाराको जितपुरमा नक्कली लाइसेन्ससहित पक्राउ परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण