मलिंगाको कीर्तिमानमा श्रीलंकाको जित
लासिथ मालिंगाको कीर्तिमानी प्रदर्शनसँगै श्रीलंकाले न्युजिल्यान्डविरुद्धको अन्तिम तथा तेस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा जित निकालेको छ । शुक्रबार राति भएको खेलमा श्रीलंकाले न्युजिल्यान्डलाई ३७ रनले हरायो । श्रीलंकाले अन्तिम खेल जितेपनि तीन खेलको सिरिजमा न्युजिल्यान्ड २–१ ले विजयी भयो ।
एक २६ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्ड १६ ओभरमा सबै विकेट गुमाएर ८८ रनमा समेटिएको थियो । न्युजिल्यान्डका लागि कप्तान टिम साउथीले अविजित २८ रन बनाए । मिचेल स्टाननरले १६ र कोलिन मुन्रोले १२ रन बनाए । न्युजिल्यान्डलाई सस्तैमा समेट्न मालिंगाले पाँच विकेट लिए । ह्याट्रिक सहित पाँच विकेट लिएसँगै मालिंगाले टी–२० मा नयाँ कीर्तिमान पनि बनाए ।
उनले चार बलमा चार विकेट लिने खेलाडीको किर्तिमान बनाएका हुन् । उनले तेस्रो ओभरको चार बलमा चार विकेट लिएका थिए । यसँगै मालिंगा टी–२० अन्तर्राष्ट्रियमा एक सय विकेट लिने पहिलो खेलाडी समेत बनेका छन् ।
यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा आठ विकेटको क्षतिमा एम सय २५ रन बनाएको थियो । श्रीलंकाका लागि दनुशा गुनाथिलाकाले ३० रन बनाए । निरोशन डीक्वेलाले २४ रन बनाए । न्युजिल्यान्डका मिचेल स्टाननर र ओड अस्टलले तीन तीन विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण