आफ्नो गीत गाएर चर्चामा आएकी रानूलाई लता मंगेशकरले भनिन्, 'अरुको नक्कल गरेर सफलता मिल्दैन’
रेलवे स्टेशनमा गीत गाएर चर्चामा आएकी रानू मण्डल पछिल्लो समय बलिउडको मसला बनेकी छिन् ।
रेलवे स्टेशनमा उनले गाएको गीत सामाजिक सञ्जालमा भाइरल भएपछि उनलाई सलमान खानदेखि गायक हिमेशसम्म धेरैले उनको तारिफ गर्दै विभिन्न सहयोग गरेका छन् । भने उनले तीनवटा गीत बलिउडका लागि गाइपनि सकेकी छिन् ।
उनले रेलवे स्टेशनमा स्वरकी धनि लता मंगेशकरको गीत ‘एक प्यारका नगमा है..’ बोलको गीत गाएर अचानक सफलता हात पारेकी थिइन् ।
यसैबीच, गायिका मंगेशकरले उनको बारेमा बोल्दै अरुको नक्कल गरेर मानिसको ध्यान मात्र खिच्न सकिने तर सफलता हात पार्न नसक्ने भन्दै रानूलाई आफ्नै शैली विकास गर्न सुझाव दिएकी छिन् ।
उनले भनिन्, ‘यदि मेरो नाम र कामले कसैको भलो हुन्छ भने त्यो मेरो भाग्य हो । तर मलाई लाग्छ कसैको नक्कल गरेर तपाईं लामो समयसम्म सफल हुन सक्नुहुन्न । मेरो गीत वा किशोर कुमार, रफी साहब वा मुकेश भाईका गीत गाएर उम्रिएका गायक/गायिकाले केहि समय ध्यान तान्न त सक्छन् तर सफल हुन सक्दैनन् ।’
उनले भने, ‘तपाईं मेरो वा मेरा साथीहरुको गीत गाउँन चाहानुहुन्छ भने गाउनुहोस् । तर तपाईंले आफ्नै शैली विकास गर्नुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण