बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बोक्सी लागेको भन्दै यातना दिने दुई जना प्रहरीको फन्दामा

शनिबार, २१ भदौ २०७६, १३ : ३२
शनिबार, २१ भदौ २०७६

झापामा बोक्सी लागेको भन्दै यातना दिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । कनकाई नगरपालिका–२ की एक २२ वर्षीया महिलालाई बोक्सी लागेको भन्दै यातना दिने सोही स्थानकी ४० वर्षीया कुमारी बुढाथोकी र ३१ वर्षीय दिनेश दर्जीले यातना दिएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

“पीडित महिलालाई ज्वरो आएको रहेछ”, इप्रका अनारमनीका प्रहरी नायब उपरीक्षक मोहन थापाले भने “उनीहरु (कुमारी र दिनेश)ले बोक्सी लागेको छ भन्दै यातना दिएको पाइयो ।” व्यक्तिगत रिसिइबीले पनि यातना दिइएको उउनले बताए ।

दर्जीले गत १९ गते रातको १०ः४५ बजे पीडित महिलालाई बोक्सी लागेको भन्दै पन्यू तताएर अनुहार र हातमा डामेका थिए । पीडित महिलाले प्रहरीमा जानकारी गराएपछि उनीहरुलाई पक्राउ गरिएको प्रनाउ थापाले बताए। पीडकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई बोक्सीको आरोप (कसुर र सजाय)  ऐन २०७२ अनुसार कारवाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप