भारत चल्ने बस रोक्दै होटल व्यवसायी
बाँके-नेपालगन्जका होटल व्यवसायी नेपालगन्ज हुँदै भारतका विभिन्न शहरमा सञ्चालन भइरहेका यात्रुवाहक बस रोक्न सडकमा उत्रिएका छन् । पर्यटकीय इजाजत लिएर भारतका विभिन्न शहरमा यात्रु ओसार–पसार गर्ने नेपाली बसलाई रोक्नका लागि सरोकारवाला निकायलाई पटक–पटक अनुरोध गर्दा बेवास्ता गरेपछि आफैँले बस रोक्नु परेको होटल व्यवसायी सङ्घले जनाएको छ ।
नेपालगन्ज हुँदै दैनिक दर्जनभन्दा बढी गाडी नेपाल–भारतमा ओहोरदोहोर गर्ने गर्दछन् । भारततर्फ जाँदा दैनिक राति ९ बजेसम्म नेपालगन्ज नाका पार गर्ने बसहरु नेपाल फर्किंदा बिहान ७ देखि १० बजेसम्म फर्किने गरेका छन् ।
होटल व्यवसायी सङ्घ बाँकेका अध्यक्ष भीम कँडेलका अनुसार भारतका विभिन्न शहरबाट पश्चिम नेपालका विभिन्न जिल्लामा नेपालगन्ज नाका हुँदै सिधा सञ्चालन हुने बसलाई शुक्रबारदेखि रोक्न थालिएको हो ।
पर्यटकीय इजाजत लिएर यात्रु ओसार–पसार गर्ने बसलाई स्थानीय यातायात व्यवसायी र होटल तथा पर्यटन व्यवसायीले रोक्न थालेपछि नेपालगन्जको पुष्पलालचोक क्षेत्रमा तनावसमेत हुने गरेको छ । “पर्यटकका नाममा यात्रु ओसार्न पाइँदैन”, कँडेलले भने, “यी गाडीहरु नेपालगन्जमा रोक्दै नरोकी सिधै गन्तव्यमा जानाले यहाँका सबै व्यवसायीलाई मर्का परेको छ ।”
होटल व्यवसायीले रोकेर बुझाएका अवैध बसलाई यातायात कार्यालयले बिना कुनै कारवाही छोड्ने गरेको कँडेलको आरोप छ । अवैध बस सञ्चालन नरोकिँदासम्म चरणबद्ध रुपमा यस्ता कार्यका विरुद्ध लाग्ने होटल व्यवसायी सङ्घले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण