ओली सरकारले आकाशे र उडन्ते गफ गर्यो : डा. महत
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले वर्तमान सरकार हावादारी प्रचारमा केन्द्रित भएको आरोप लगाएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा डा. महतले वर्तमान सरकारले आकाशे र उडन्ते कुरा गरेर समय व्यतित गरिरहेको आरोप लगाएका हुन् ।
उनले भने,‘सरकारले पानीजहाज, रेल ल्याउने लगायतका हावादारी कुरा गरिरहेको छ । कहिले १५ हजार अट्ने सम्मेलन केन्द्र बनाउँछु भन्छ, कहिले के भन्छ ? कहिले प्रधानमन्त्री निवास करोडौं खर्चिएर नयाँ बनाउने कुरा त, कहिले राष्ट्रपति निवासलाई फराकिलो बनाउने कुरा भएका छन् ।’
महतले अहिले पनि काठमाडौंबाट धादिङ, नुवाकोट, सिन्धुपाल्चोक जाने सडकहरु अलपत्र अवस्थामा रहेको सुनाए । उनले भने,‘ललितपुरका कतिपय सडकका समस्या अहिलेपनि समाधान भएकै छैनन् ।’
उनले यातायातमा अहिले भएकै पूर्वाधारलाई स्तरोन्नती गर्नुपर्नेमा जोड दिए । महतले १२ महिनै सुचारु हुने सडक बनाउनुपर्नेतर्फ सरकारको ध्यानाकार्षण गराए । उनले अहिले विश्वका जुनसुकै मुलकको पनि मूल एजेण्डा आर्थिक विकास र समृद्धि भएको सुनाउँदै नेपालले पनि आर्थिक एजेण्डालाई आत्मसात गर्नु खुशीको कुरा भएको टिप्पणी गरे । तर, समृद्धि हाँसिल गर्न त्यति सजिलो नभएको महतको भनाइ छ ।
उनले भने,‘आर्थिक विकास र समृद्धि हाँसिल त कठिन एक्सरसाईजबाट मात्रै सम्भव हुन्छ । आफ्नो साधन र स्रोतलाई सही ढंगले उपयोग गर्नुपर्छ । व्यवस्थापन र प्रशासकीय क्षमता अभिवृद्धि गर्नुपर्छ । पुँजी लगानीमा ध्यान दिनुपर्छ ।’ सरकारले खर्च बढाएकोमा पनि उनले असन्तुष्टि पोखे । उनले भने,‘सरकारले राष्ट्रिय ऋण बढाईरहेको छ । यो वर्ष ५ सय अर्ब ऋण पुर्याएको छ । जसमा आन्तरिकतर्फ २ सय अर्ब र बाहृयतर्फ ३ सय अर्ब छ ।’
उनले पञ्चायतपछि अर्थात २०४१ सालपछि आफूहरु सरकारमा आएपछि कुल ग्राहस्थ उत्पादनको ६० प्रतिशत ऋणलाई घटाएको पनि दाबी गरे । उनले भने,‘चार वर्ष पहिले पनि हामी नै सरकारमा हुँदा जिडिपी.को २५ प्रतिशतमात्रै ऋण थियो, अहिले त्यो बढेर ३० प्रतिशत पुगेको छ ।’
उनले आर्थिक वृद्धिदर ७ प्रतिशत हाँसिल गरेको भन्ने वर्तमान सरकारको दाबीमा पनि सत्यता नरहेको जिकिर गरे । उनले भने,‘सालाखाल ६ प्रतिशत वृद्धि भएको छ । ६ प्रतिशत वृद्धि हुनुपनि राम्रै कुरा हो, तर कसरी ७ प्रतिशत वृद्धिद्धर हाँसिल भयो भन्ने कुरा मैले बुझेको छैन् ।’ उनकाअनुसार वर्तमान सरकारले अहिलेपनि तल्लो तहसम्मै तथ्यांक बढाईचढाई गर्न दबाब दिएको आशंका छ ।
आर्थिक वृद्धिदर राम्रो हुनुमा उनले भुकम्पपछिको पुनर्निर्माण रकमको व्यवस्था र विद्युत प्राधिकरणले विद्युत चुहावट रोक्नुलाई मुख्य आधार मानेका छन् । तर, सरकारले राम्रो र नयाँ काम गरेको कारण आर्थिक वृद्धिद्धरमा सुधार नभएको उनको जिकिर छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा मात्रै २४ अर्वको योजना परेको भन्दै उनले राज्यको ढुकुटीको दुरुपयोग गर्न नहुने धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण