सबै वर्ग र समुदाय मिलेर विपत्तिको सामना गरौँ
बचाऊ, गुहारको चित्कारमा सबैजसो कान ठाडो हुन्छ नै तर त्यो गुहारलाई कसले सुन्ला त जहाँ आफैं बाँच्ने आधार छैन । सामाजिक सञ्जालदेखि सञ्चार माध्यममा पीडादायी भयावह समाचार र दृश्यले मन त्यसै पिरोलिएको छ । न केही गर्न सक्ने आफ्नो औकात छ, केवल वेदनाको भावनात्मक साथबाहेक । के म साँचो नेपाली हुँ, या ममा यति मात्र सामथ्र्य छ भन्ने प्रश्न उब्ज्यो । त्यसैले त्यो पीडालाई सबैसँग अपिल गर्ने मन भयो ।
मेरो देशको यो पीडाले मुटु छुन्छ । अविरल वर्षाले देशभरि ठूलो सङ्ख्यामा जनधनको क्षति मात्र नभई बेपत्ता हुँदा वा पहिरोले पुर्दाका पीडाले सिङ्गो मुलुक नै शोकमग्न छ । अचानाको पीर खुकुरीलाई थाहा हुँदैन । कैयौँ नदीले गरेका कटान र नदी बहाव बढेर सीमाबाट पार गरी बनाएको जोखिमका कारण मुलुक सङ्कटको पहाडले घेरिएको छ । साँच्चैभन्दा यस विषम परिस्थितिमा सबै वर्ग र समुदाय सेवामा जुट्ने बेला आएको छ । चाहे स्वदेशी हौँ वा विदेशमा गएर पसिना बगाइरहेका नेपाली हौँ– हिजो भूकम्पीय पीडामा पैmलाएको सहयोगी हातको सह्राहनीय पक्ष स्मरणीय र सम्माननीय छ । हामी आपूm बाँचेको खुसीलाई मात्र बुझेर पनि सेवा नै धर्म हो भन्ने भावलाई कसैले भुल्नु नहुने रहेछ । बाढी, पहिरो वा डुबानका पीडाका कारण मानवीय पीडासँगै कैयौँ दोपाया, चौपाया जीवको सङ्कटको कुनै लेखाजोखा नै छैन ।
जङ्गली वन्यजन्तुको विनासलीला कति दर्दनाक छ । बाढी वा डुबानका त्रासदी दुरावस्थाबाट तराई भूभागमा न त भागेर ज्यान बचाउने आधार छ न कुनै जीवन रक्षाको विकल्प नै । निद्रा, भोकको कुरा त टाढै भयो त्यहाँ जीवन कसरी बचाउने भन्ने जीवनमरणको भयावह क्रन्दन छ, उकुसमुकुस भएको मुटु छुने दर्द छ । आज राज्यमा अर्बौँ रुपियाँको गफ चल्दा ती बाध्यतामा पिल्सिएका नेपालीको संवेदनामा सरकारी पहलले कागजका संवेदना र समाचारमा अड्काउनु कस्तो मानवता हो ? देशका आफ्ना जनताको यस्तो दुर्दशामा दिलो ज्यान दिएर लाग्नुपर्ने कुरा समेत पर्दापछाडि राखेर आफ्नै राजनीतिक सत्ता र भत्ताको उही खेललाई समाचारमा प्राथमिकता दिइन्छ भने त्यो पक्कै पाच्य मानवीय भाव होइन नै । हामीले हिजोकै स्थानीय चुनावको सक्रियता र हरेक पार्टीले मतका गरेको लगानीलाई मात्र कोट्याउने हो भने त्यो जाँगर, त्यो रकम, ती हेलिकप्टर कहाँ गए ? के सबैले बलेकै आगो ताप्ने हो भने त्यो कस्तो सोच होला भन्ने यो लेखकको ठम्याइ छ । के यस्ता खाले समस्या भोट प्राप्त गर्नेभन्दा ठूला होइनन् । ती युवा शक्ति जो आन्दोलनको मैदानमा तातो रगत बगाउने कार्यमा एक हुन्छन्, ती कहाँ छन् ? आज यो मानवीय पीडाप्रतिको जाँगर के हिजो चुनाव जतिको चखिलो बनेर लागेको छ त ?
आखिर समस्या बाजा बजाएर आउने पनि त होइन । हो, प्राकृतिक परिवर्तन हुन्छ, प्रकृतिले अप्ठ्यारो स्थिति पैदा गर्छ तर मानवले सकेसम्म उपाय अपनाउनै पर्छ । जब भयो राति अनि बूढी ताती भनेजस्तो दुर्घटना भइसकेपछि योजनाका तानाबाना बुन्ने अरुबेला राजनीतिक विचार र खेलतिर अल्झिरहने हो भने नाम मात्रको परिवर्तनले के नै गर्ला र खै । वर्षात्कै कारण पहाडी भूभागमा बाढी, पहिरो जाने तथा तराईमा डुबान हुने पीडा केवल यही सालका मात्र होइनन् । अतः सरकार तथा सम्बन्धित सबै तहतप्काबाट यस्ता गम्भीर संवेदनशील विषयमा चनाखो बन्नैपर्ने बेला आएको छ । मूलतः तराई क्षेत्र प्रभावित भइरहँदा त्यहाँ उद्धार, राहत र दिलोज्यान दिएर सहयोग गर्नैपर्ने आवश्यकता छ । बाढी, पहिरोजस्ता खतरामूलक प्रकोपको सिकार भइरहँदा जनधनको क्षति जति भइरहेको छ त्यसमा पूर्वसचेतनाका उपायमा सचेतना नभएका होलान्, पूर्वसचेतनाका बाटा खोजिएका नहुनन् या त यस्ता समस्यालाई असम्भव भनेर पन्छाइएका पनि हुनसक्लान् नै । विधिको विधान जे भइरहेको छ, त्यसमा सरकारले सुरक्षाकर्मी परिचालन गरेको छ, राहतका लागि अपिल गरिरहेको छ, सम्बन्धित क्षेत्रको प्रशासनमा आग्रह त गरिरहेको छ । आज मुलुकका अधिकांश क्षेत्रमा भएका यस्ता भयावह पीडाले सिङ्गो समाज जटिल परिस्थितिमा छ । त्यहाँ डुबानसँग परिवार, आफन्त या त सर्वस्व गुमाएका आँसुको डुबान छ । देशले अलिकति पनि मुस्कुराउने बेलै छैन त्यो घटनालाई हेरेर न त हात बाँधेर चुपचाप बस्न सुहाउँछ न गपैmको आश्वासन पस्किएर ।
पहाडमा ताप्लेजुङ, पाँचथर, तेह्रथुमजस्ता क्षेत्रका पहिरो तथा झापा, मोरङ, सप्तरी, सुनसरी, महोत्तरी, रौतहट, राजविराज, गुल्मी, नवलपरासी, जाजरकोट, कञ्चनपुर, बारा, चितवन, बाँके, राप्ती, सिन्धुलीजस्ता धेरैजसो तराई क्षेत्रमा आएको बाढी र डुबानको सङ्कट साँच्चै पीडादायी लाग्छ । त्यसो त भन्नै पर्छ लक्ष्मणपुर, सप्तकोशी लगायतका बाँधलाई छिमेकी मुलुक भारतले थुनेर नेपाली भूमिमा फर्काइदिँदा पनि हज्जारौँ नेपालीको घरबास उठीबास भएको दृश्यमा हामीले आखिर के नै गर्न सक्यौँ र । कैयौँ गरिब, पिछडा, अक्षम वर्ग वा राम्रो पहुँच नभएका सुकुम्बासी, आदिवासी वर्गमा बाढीको बढी असर परेका समाचारबाट पनि संवेदनशील अवस्थामा निरीह वर्गकै सिकार हुने तथ्य स्पष्ट छ । त्यसमा पनि सानो झुप्रो डुब्नलाई समय नलाग्ने नै भयो । नेपालबासीलाई अप्ठ्यारो पर्ने गरी फर्काइएको यो उर्लिँदो भेलसँगै कत्रो सङ्कट उत्पन्न होला, के यो गम्भीर विषयमा भारतले दया देखाउला त ? यसको अर्थ यो पनि नलागोस् हामीले झगडा गर्नतिर लहसिनुपर्छ, अवश्य होइन तर, यथार्थमा मानवीय बस्तीको उठीबास गर्ने गरी आफ्नो मुलुकको मात्र हीतलाई ध्यानमा राखेर गरिएको व्यवहार पक्कै दादावादी र अमानवीय हेपाहा प्रवृत्ति यहाँ छ भन्दा फरक नपर्ला ।
हिँउदमा पानीको बहाव कम भएको बेला टम्म थुनेर आफ्नैपट्टि मात्र पानी लिएर जाने तर भेल, बाढी आउँदा भने नेपालबासीको सर्वनास हुने गरी पानी फकाइदिनेजस्ता व्यवहारलाई कसरी हेर्ने ! के यो हाम्रै राज्यपक्षको पनि कमजोरी होइन होला त, प्रश्न उठ्छ । यस्तो गम्भीर सङ्कटमा राज्यका उपल्ला निकायबाट यस विषयप्रति भारतीय पक्षसँग कस्तो पहल भएको होला, या त घटना घटेपछि समाधानका सम्झौतापत्र कोर्न थाल्ने यी विषयले पनि सङ्कटमा नेपाली मनलाई कटक्क दुखाउँछ । त्यसो त हाम्राभन्दा ठूला–ठूला सङ्कट अन्य देशमा पनि नआउने होइनन् नै । जापानमा दिनहुँजसो भूकम्प आए पनि सुरक्षाका बाटा अपनाइएका समाचार हामीलाई थाहा छ । समुद्री सतह निकटबस्तीमा सुनामी आउने खतरासँगै बस्ती पुनर्बासका लागि सरकार कटिबद्ध बन्छ । भएका स्रोतको उपयोग गरेर गर्ने सेवा तथा गर्दागर्दै पनि असम्भव भएका विषय पक्कै मननीय बन्लान् । यद्यपि भएका स्रोतको उचित उपयोग गर्न कञ्जुस्याइँ गरिने, फास्ट ट्र्याक नअपनाइने, भाषा र भावकै भावनामा अड्किरहनेजस्ता हाम्रो देशका प्राचीन संस्कारलाई अब भने लापर्बाहीको संज्ञा दिँदा फरक नपर्ला । देश र जनताको माया छ भन्नु र माया गरेर देखाउनुमा पक्कै अन्तर होला नै ।
लोकतन्त्र बहालीका कुरा, जनताका सुख सुविधाका कुरा, विकास र परिवर्तनका कुरासँग अप्ठ्यारामा एक हुनुपर्ने भाव जोडिनु आवश्यक छैन र ? भोलि दिइने राहतभन्दा मूल आवश्यकता आजै रातारात तातेर गर्ने समाजसेवा नै हो । आजैका हाम्रा प्रयास, पुनर्बासका व्यवस्था र सुरक्षित स्थानमा शिबिर स्थापना गर्ने कार्यले हुनसक्छ मृत्युको मुखबाट हामी कमसेकम जीवित मानवलाई बचाउन सक्छौँ कि । यसर्थ बाढीको डुबानका दृश्यले मनमा घोचिरहँदा उद्धारका भावना जागून् भन्ने आशा जाग्छ नै । बाढीका कारणले कैयौँ विकास संरचना ध्वस्त भएका दुर्दशा छन् । बल्लतल्ल निर्माण भएका बिजुली घर, स्कुल, बाटाघाटा समेत्लाई बाढीले विनास गरिरहेको छ । आवागमन अवरुद्ध छ । सम्पर्कविहीन बन्नुपरेको छ । बिजुली बन्द भएको होला, सबै पक्षमा सोच्नै पर्ला । अर्को पक्ष, यी र यस्ता दुःखद् घटनाबाट हुने मानसिक पीडा र वेदना कति हृदयस्पर्शी छन्, जसमा मनोवैज्ञाक परामर्श सेवाको खाँचो पर्ला । अझ भूकम्पले थिल्थिल्याएको पीडाको साँवामा पहिरोले ब्याज थपिदिएका दृश्य झनै हृदयविदारक छन् नै । मुलुकले यसरी पनि मनोवैज्ञानिक तथा आर्थिक पीडाले दैनिक आवश्यकतामा नै अभावको झोला भिरेका वर्गमा आकस्मिक सेवा र सुरक्षामा पक्कै सचेतनाको बाटो खोज्नै पर्छ ।
गणतन्त्र या त जतिसुकै सङ्घीयताका कुरा गरे पनि कमसेकम पुनर्बास तथा उद्धार र राहतका कार्यमा फास्ट ट्र्याक नखोजिनु कमजोरी होइन र ? कागजका गफ र फिल्डको कर्मशीलता आपैmँमा फरक विषय रहेछन् । यस्ता विषम् परिस्थितिले मानवको आशालाई चुँड्दो रहेछ अनि निराशाका कहालीलाग्दा भावले पिरोल्दो रहेछ । हिजो वर्षात् नहुँदा खेत बाँझो बने, पानी तान्ने मोटरले तानेर रोपिएका खेत धाँजा–धाँजा भएर फुटे, जेनतेन रोपिएका रोपो सुकेर किसानको मन कति पिरोलियो । यसमा कति राज्यका जिम्मेवारका मुहारमा पीडा भयो होला त । नेपालको अन्न भण्डार तराईको बारेमा लामा प्रतिवेदन पेस गर्ने, सजिलो हुँदासम्मका लागि लामा लामा योजना बनाउने, सुविधाका कुरा गर्ने तर वरिपरि बाढीले घेरेर टापुजस्तो परेको ठाउँमा कहालिएर आत्तिएका नेपालीको दुर्दशालाई कुनै सहयोगको विकल्प नदेख्ने, सुनेर पनि थाहा नपाएकोभैmँ बस्ने परिपाटीलाई निरीह जनताले कसरी मूल्याङ्कन गर्ने ? यदि कुनै ठूला नेताका घरमा, आफन्तमा वा नातेदारमा डुबान भएको भए, ती स्तरका व्यक्तित्वभित्र बाढी, पहिरो गएको भए सायद, आकाशमा हेलिकप्टरका आवाजले गुञ्जायमान पार्थे होलान् ।
प्यारासुटबाट उद्धार गरिन्थे होला । हरेक पत्रपत्रिकाका पूर्वभागमा प्रोत्साहनका लामा समाचार आउँथे होलान् । वर्षौँदेखि अज्ञानता, असतेता वा बाध्यताले यी र यस्ता कैयौँ पीडा र संवेदनशील प्राकृतिक घटनाका सिकार हुँदै आएका नेपाली मनलाई अब पनि बुझेनौँ भने अन्य कति दुर्घटना यही साल र पछिल्ला दिनमा भोग्दै जानुपर्ने हो– सचेत बनौँ । सबैलाई अवगत छ, हाम्रो नेपाल भूमिमा बसोबास गर्ने नेपालीमाथि उत्तरदायित्व बोधको खाँचो छ । प्राकृतिक अवस्थिति, जोखिमयुक्त स्थानको पहिचान, विकल्पका बाटा, जोगिने पूर्व उपाय र सचेतनामा ध्यान पु¥याउँदा कमसेकम यस्ता घटनाबाट हुने क्षति न्यूनीकरणको आशा बढ्ला नै ।
हिजो विनासकारी भूकम्पमा हजारौँ नेपालीले ज्यान गुमाउनुप¥यो । अकल्पनीय पीडाले मानिसलाई जुध्न सिकायो । हिजोको चिसोका कारण छानो हालेको त्रिपाल प्वाल परिसकेको छ । टहरामा बसेर जेनतेन चिसोको कास्टी काटेकाहरूलाई अब वर्षायामको पीडा जोडिएको छ । कतिपय पहाडी स्थानमा बाढी–पहिरोको विकराल त्रास छ । असन्तुलित जमिन हुने मूल कारणले पनि यो भयानक समस्या उत्तिकै छ । कति पीडितका टहरालाई हावाहुन्डरीले सग्लो रहन दिएन ।
गरिबीको चपेटामा केवल पेट मात्र पाल्दै बसेका कैयौँ नेपालीहरूले अभैmसम्म आप्mनो जीवनस्तर तङ्ग्रयाउने मेसोमेलो पाएका छैनन् । एकातिर घर र आफ्ना आफन्त गुमाएकाहरूका लागि हरेक चाडपर्वले आँशुको धारा बगाइरहँदा पीडा घानमाघान भएर थोपरिएका दृश्य कति हृदयविदारक होलान् । आखिर मानिसलाई मानिसले नै दुःखमा सहयोग गर्ने हो तर यहाँ कतिपय मानिसले यो विडम्बनामा पनि पैसा कमाउने दाउ थाप्न कहाँ बाँकी राखे र ? यसर्थ अब सामाजिक सञ्जाल, सञ्चार माध्यम, पत्रपत्रिकाले यी र यस्ता समस्या समाधानका बाटा बन्न सकून् । सञ्चार माध्यम तथा सामाजिक सञ्जालतिर आइरहेका खतराका समाचारअनुसार सचेतना हुनु आवश्यक छ नै । अतः मोबाइल एप्लिकेसन सेवाबाट समेत यस्ता समस्या समाधानका जानकारी गराइँदै जानु, सतर्कताका लागि आग्रह गरिनु बुद्धिमानी ठहर्ला । यस्ता अत्यावश्यक मानवीय संवेदनामा सचेत बन्दै राहत, उचित व्यवस्थापन र पुनर्निर्माणमा सम्बन्धित सबैको ध्यान जाओस् ।
संवेदनामा राल चुहाएर मानवताको धज्जी उडाउनपछि नपर्दा राहतको मौकामा वर्षभरि पुग्ने अन्न, त्रिपाल र कपडाजस्ता सामग्री सङ्कलन गरेका हिजोका लाछीपूर्ण दृश्य तथा भ्रष्ट्राचारी प्रवृत्तिप्रति पनि सचेत बन्नै पर्ने देखिन्छ । दुःख लाग्दो कुरा नक्कली पीडित बनेर करोडपति हुन चाहनेहरूले मौका भने अवस्य छोपेका निर्घिणी प्रवृत्तिले पीडितमा थप पीडा बढ्न सक्ने देखिन्छ । हिजो भूकम्प पीडितलाई सरकारले आश्वासनका ठेली तेस्र्याएर धेरै समय भुलाएको घटना ताजै छ, अब यस विषयमा यस्तो हुनुहुन्न । संवेदनशील अवस्थाको मानवीय जीवनलाई धरापमा भएको हेरेर आश्वासन दिइनु आपैmँमा कमजोरीपनाको द्योतक बन्ने छ ।
घटनालाई देख्दा भावनामा विभोर भएर सहयोगी भाव पस्कने तर पूरा गर्न महिनौ लगाउने कार्य त आगो लागेपछि पानीको कुवा खन्न थाल्ने उखानलाई सार्थक बनाउनु नै हुनेछ । यद्यपि पीडितहरूले त्यै च¥याएको घाउलाई सुम्सुम्याउँदै विगतका क्षणको स्मरण गरेरै वर्षौँसम्म तङ्ग्रिने बाटो खोजिरहेका भूकम्प पीडितको भैmँ दृश्य बाढी पीडितमा देखिए पक्कै त्यो बेवास्ताको सूचक बन्ने छ । किनकि समयमा सचेत नबने भोलि फेरि स्वास्थ्य, महामारी अर्थात् हैजाजन्य रोगको सिकार बन्नुपर्ने स्थिति जन्मने कुरामा पूर्व सचेतनाको खाँचो छ ।
Bhattarairamesh353@gmail,com
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण