राप्रपा युवा संगठनले राष्ट्रियता संरक्षण र भ्रष्टाचार विरुद्ध अभियान संचालन गर्ने
बुटवल – राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले राष्ट्रियता संरक्षण तथा भ्रष्टाचार विरुद्ध मेची महाकाली युवा अभियान संचालन गर्ने निर्णय गरेको छ । रुपन्देही जिल्लाको बुटवल स्थित विश्व हिन्दु महासंघको सभामा भाद्र २० र २१ गते भएको परिषद बैठकले देशलाई भ्रष्टाचार मुक्त बनाउने अभियान संचालन गर्ने भएको हो ।
परिषद बैठकले संगठनलाई देशकै एक मात्र राष्ट्रवादी युवा संगठन भएको ठहर गर्दै राष्ट्रियता संरक्षण अभियान संचालन गर्ने निर्णय गरेको छ । संगठनले देशका सबै विधालयमा अनिवार्य संस्कृत शिक्षा र नैतिक शिक्षा पठनपाठन गर्न माग गर्ने भएको छ ।
त्यस्तै परिषद बैठकले वेरोजगार युवाका लागि रोजगारको नीति र वेरोगारी भत्ता समेत प्रदान गर्न सरकारसीत माग गर्ने भएको छ । परिषद बैठकले आगामी फागुन १६,१७ र १८ गते संगठनको केन्द्रीय महाधिवेशन गर्ने निर्णय समेत गरेको छ ।
त्यसैगरी बैठकले प्रदेश नं। १,२ र ७ मा युवा भेला तथा प्रशिक्षण कार्यक्रम गर्ने निर्णय समेत गरेको छ । साथै संगठनले नाम र झण्डा परिवर्तन गर्ने सम्बन्धमा उपाध्यक्ष दामोदर वाग्लेको संयोजकत्वमा अध्ययन समिति निर्माण गरेको छ ।
त्यस्तै राप्रपा युवा संगठनले अध्यक्ष प्रकाश रिमालको राजनीति प्रतिवेदन, महासचिव विनोद भारतीकको सांगठनिक प्रतिवेदन, कोषाध्यक्ष गुणराज राजभण्डारीको आर्थिक प्रतिवेदन तथा प्रवक्ता सुजित के।सीको युवा नीति तथा कार्यक्रम सम्बन्धि प्रतिवेदन पारित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण