बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

चीनसँग पनि विकासको अधिकार छ : एन्जेला मर्केल

शनिबार, २१ भदौ २०७६, २२ : ४३
शनिबार, २१ भदौ २०७६

बेइजिङ- जर्मनीका चान्सलर एङ्गेला मर्केल चीनको दुई दिने भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फिर्ता भएकी छिन् । जर्मनीको चान्सलरमा नियुक्त भएयता १२ पटकसम्म चीनको भ्रमण गरिसकेकी मर्केलको भ्रमणले चीन जर्मनीबीच सहकार्यका नयाँ सम्भावनालाई स्वागत गरेको उल्लेख दुबै देशका अधिकारीहरूले गरेका छन् । 

भ्रमणबाट चीन र जर्मनीबीचको सम्बन्धको घनिष्टता र महत्वलाई थप पुष्टि गरेको बेइजिङले बताएको छ । उनको भ्रमणबाट श्रृंखलाबद्ध आर्थिक तथा व्यापारिक सहयोग उपलब्धि भएको बताइएको छ । 

दीर्घकालदेखि चीन र जर्मनीबीचको सम्बन्ध पनि चीन र अन्य पश्चिमा मुलुकसँगको सम्बन्धहरुजस्तै अगाडि बढ्दै गएको छ । वर्तमान विश्व परिस्थिति जटिल बन्दै गएको पृष्ठभूमिमा यी दुबै मुलुकबीचको सम्बन्धको विकास सारा विश्वको शान्ति तथा स्थिरताका लागि हितकर हुने मर्केलले बताएकी छिन् । चान्सलर मर्केलको यस भ्रमणको लक्ष्य चीनसँगको आर्थिक सहयोगलाई गहन पार्नु नै भएको बताइएको छ ।

मर्केलद्वारा व्यक्त एक भनाईलाई उल्लेख गर्दै चिनियाँ सञ्चारमाध्यमहरूले लेखेका छन्, “अन्य मुलुक जस्तै चीनसँग पनि विकासको अधिकार छ । चीनको विकास प्रगतिमा बाधा सिर्जना हुँदैन ।”

उनले थपिन्, “चिनियाँहरुले राम्रो जीवन पाउनु नै सारा विश्वका विभिन्न मुलुकको हितसँग अनुकूल छ । यो चीनलाई सम्झना गर्ने राजनीतिज्ञले चीनको विकासका लागि गर्नुभएको एक उचित मूल्याङ्कन हो ।” 

सन् २०१९ को पहिलो सात महिनामा चीनमा जर्मनीको लगानी ६२.७ प्रतिशतले वृद्धि भएको बेइजिङले जनाएको छ । 

चीनको वाणिज्य मन्त्रालयका प्रवक्ता काओ फेङले हालै दिएको जानकारीअनुसार सन् २०१९ को जनवरीदेखि जुलाईसम्ममा चीनमा जर्मनीको लगानी एक अर्ब १७ करोड अमेरिकी डलरले वृद्धि भएको र द्विपक्षीय व्यापारमा २.४ प्रतिशतले वृद्धि भई झण्डै एक अर्ब सात करोड अमेरिकी डलर पुगेको छ ।
  
त्यस्तै चीनले जर्मनीमा सोही समयमा एक अर्ब १ करोड अमेरिकी डलर लगानी गरेको र यो अघिल्लो बर्षको तुलनामा २७.६ प्रतिशतको वृद्धि हो । 

जर्मनीका लागि चीन लगातार तीन वर्षसम्म सबैभन्दा ठूलो व्यापारिक साझेदार भएको छ । जर्मनीका कम्पनीहरूका लागि चीन एक मन पर्ने गन्तब्यका रूपमा रहेको काओले उक्त अवसरमा बताए ।

सन् २०१८ मा चीन र जर्मनीबीचको द्विपक्षीय व्यापार ९।४ प्रतिशतले वृद्धि भएको थियो जुन अहिलेसम्मकै उच्च दर हो । यसबाट दुई देशबीचको कारोबार एक खर्ब ८३ अर्ब ९० करोड पुगेको थियो । -सिन्ह्वा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप