रोनाल्डोको गोलसँगै पोर्चुगल विजयी
सुपर स्टार क्रिस्टियानो रोनाल्डोको गोलसँगै पोर्चुगलले युरोकप छनोट फुटबलमा पहिलो जित निकालेको छ । समूह ‘बी’ अन्र्तगत शनिबार राति भएको खेलमा पोर्चुगलले सर्वियालाई उसकै मैदानमा ४–२ गोलले हरायो । सुरुवाती दुई खेलमा बराबरी नतिजामा चित्त बुझाएको पोर्चुगलको युरो छनोट खेलमा यो पहिलो जित हो ।
पेर्चुगलको जितमा विलियम कार्भाल्होले ४२औं मिनेटमा पहिलो गोल गरे । ५८औं मिनेटमा गोन्कालो गुइडेजले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर बनाए । ६८औं मिनेटमा निकोला मिलेन्कोभिकले गोल गर्दै घरेलु टोली सर्वियालाई खेलमा फर्काउने प्रयास गरे । त्यसपछि ८०औं मिनेटमा रोनाल्डोले गोल गर्दै पोर्चुगललाई थप बलियो बनाए । ८५औं मिनेटमा सर्वियाका एलेकसन्डर मिट्रोभिकले गोल गर्दै गोल अन्तर घटाए ।८६औं मिनेटमा बर्नाडो सिल्भाले राफयल गुरेरोको पासमा गोल गर्दै पोर्चुगललाई ४–२ को जित दिलाए ।
जितसँगै समूह ‘बी’ मा पोर्चुगलले दोस्रो स्थानमा उक्लिएको छ । पोर्चुगलको पाँच अंक छ । चार अंक बनाएको सर्विया चौथो स्थानमा छ । समूहको अर्काे खेलमा युक्रेनले लिथुनियालाई ३–० गोलले पराजित गरेको छ । जितसँगै शीर्षस्थानमा रहेको युक्रेनले पाँच खेलबाट १३ अंक बनाएको छ । एक अंकमा सिमिति लिथुनिया तालिकाको अन्तिममा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण