आयुर्वेद चिकित्साको लाईसेन्स परीक्षा : शतप्रतिशत उत्तीर्ण
काठमाडौं– नेपालमा पहिलोपटक आयुर्वेद चिकित्सकको लाईसेन्स परीक्षा लिइएको छ । नेपाल आयुर्वेद मेडिकल काउन्सिलले पहिलोपटक लिइएको आयुर्वेद चिकित्सकको लाइसेन्स परीक्षामा शतप्रतिशत चिकित्सक उत्तीर्ण भएका छन् ।
नेपाल आयुर्वेद मेडिकल काउन्सिलले पहिलोपटक भदौ १४ गते सञ्चालन गरिएको लाइसेन्स परीक्षामा ६८ जना आयुर्वेद चिकित्सकको सहभागिता रहेको थियो । भदौ २० गते सार्वजनिक गरिएको रिजल्टमा सबै चिकित्सक उत्तीर्ण भएको काउन्सिलले जनाएको छ ।
यसअघि आयुवर्दे चिकित्सकले एमबिबिएस सरहको बिएमएस उत्तीर्ण विद्यार्थीले मेडिकल काउन्सिलमा नाम दर्ता गरी चिकित्सकीय अध्यास गर्न पाउने व्यवस्था गरेको थियो । ६-६ महिनामा सञ्चालन हुने परीक्षामा बिएमएस तह सकेर कम्तिमा पनि ६ महिनाको इन्टनसीप सकेका विद्यर्थाीहरुले दर्ता परीक्षा दिन सक्नेछन् ।
सरकारले खासै चासो नदिएको आयुर्वेद चिकित्सा पद्धतिलाई पछिल्लो समयध्यान दिँदै आइरहेको छ । आयुर्वेद क्षेत्रको लागि परीक्षा प्रणाली एक ऐतिहासिक फड्को मानिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण