तालिबानले भन्योः अमेरिकालाई थप क्षती हुने
तालिबानले अफगान शान्ति वार्ताबाट पछि हटेकोमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको निर्णयको आलोचना गर्दै यसले अमेरिकालाई थप क्षती हुने बताएका छन् ।
तालिबानले एक बयान जारी गदै यो निर्णयले अपरिपक्वता र अनुभवको कमीलाई दर्साउने बताएको छ ।
उनीहरुले अन्तिम समयसम्म सबैकुरा राम्रै भइरहेको दाबी गरेका छन् ।
अमेरिकी राष्ट्रपतिले आइतबार क्याम्प डेविडमा तालिबानका वरिष्ठ नेता र अफगानिस्तानका राष्ट्रपति अशरफ गनीसँग भेटवार्ता हुनुथियो तर त्यसको एक दिन अघि ट्रम्पले ट्वीट गरेर बैठक रद्द गरे ।
ट्रम्पले तालिबान र अफगान सरकारसँग अलग अलग भेट हुने कार्यक्रम निश्चित थियो किनभने तालिबानले अफगान सरकारलाई अमेरिकाको कठपुतली भन्छ र उससँग प्रत्यक्ष कुराकानी अस्विकार गर्छ ।
यद्यपि, अफगानिस्तानको सरकारले अमेरिकाको यो निर्णयलाई स्वागत गर्दै यसलाई सही समयमा उठाइएको सही कदम बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
