विपिन बन्ने भए ‘सेल्फी किङ’
काठमाडौं– अभिनेता विपिन कार्की ‘सेल्फी किङ’ बन्ने भएका छन् । उनको मुख्य भूमिका रहने फिल्म ‘सेल्फी किङ’को राजधानीमा एक कार्यक्रमका बीच घोषणा भयो । फिल्ममा विपिनले ‘सेल्फी किङ’कै भूमिका निर्वाह गर्ने कार्यक्रममा जानकारी दिइयो । कार्यक्रममा अभिनेता विपिनले फिल्मको कथा राम्रो लागेकोले फिल्म युनिटसँग जोडिएको बताए ।
गतवर्ष ‘प्रसाद’ फिल्म दिएका निर्देशक दिनेश राउत र निर्माता सुभाष थापाको संयुक्त लगानी रहने फिल्म विशाल सापकोटाले निर्देशन गर्नेछन् । अमेरिकाको लस एन्जलसको सिटी कलेजमा फिल्म निर्देशन पढेका विशालको यो डेव्यु फिल्म हो ।
विपिन कार्कीको अलवा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणि सापकोटा, सविन बास्तोला, कमल देवकोटा, राजेश विसुराल लगायतका कलाकारको फिल्ममा अभिनय रहने छ । अभिनेत्री केकी अधिकारीले भने फिल्ममा विशेष भूमिका निर्वाह गर्नेछिन् ।
एउटा हास्यकलाकारको कथामा आफूले फिल्म बनाउन लागेको निर्देशक विशालले कार्यक्रममा बताए ।
निर्देशनबाट निर्माणमा देखिएका दिनेश राउतले विशालले सुनाएको कन्सेप्ट आफूलाई मन परेको र उसको ट्यालेण्टलाई विश्वास गरेर टिमअप गरेको बताए ।
निर्देशक विशालकै लेखन रहेको फिल्ममा सुसन प्रजापतिको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत, बि. पाण्डेको शब्द, अञ्जु पन्त र पुरुषोत्तम सुवेदीको गायन रहनेछ ।
भाद्र २४ गते मंगलबारबाट छायाँकनमा जाने फिल्मको सहनिर्माता राजेश बिसुराल र प्रवल कोइराला रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण