चिनियाँ विदेशमन्त्री वाङ यी र नेपाली समकक्षी ज्ञवालीबीच भेटवार्ता, ३ वटा समझदारीपत्रमा हस्ताक्षर (फोटोफिचर)
सोमबार, २३ भदौ २०७६, १७ : १८
काठमाडौं– नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र नेपाली समकक्षी प्रदीपकुमार ज्ञवालीबीच भेटवार्ता भएको छ ।
बिहीबार राजधानीको याक एण्ड यति होटलमा दुई मन्त्रीबीच औपचारिक भेटवार्ता भएको हो ।
भेटका क्रममा दुई पक्षीय हित, आपसी सम्बन्ध र चासोका विषयमा छलफल भएको बताइएको छ ।
सोही क्रममा नेपाल र चीनबीच विभिन्न ३ वटा समझदारीपत्रमा हस्ताक्षर समेत भएको छ ।
जसअनुसार मनाङमा चीनले ३५ करोड रुपैयाँ सहयोगमा अस्पताल बनाउने, आपतकालीन राहतका लागि ३ हजार टेन्ट उपलब्ध गराउने, चिनियाँ स्वयं सेवक शिक्षकहरु नेपाल आउनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
आजै चिनियाँ विदेशमन्त्रीको सम्मानमा परराष्ट्रमन्त्री ज्ञवालीले रात्रिभोजको आयोजना गरेका छन् ।







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण