विप्लव समुहका जिल्ला इन्चार्ज नेकपामा प्रवेश
ललितपुर – नेत्रविक्रम चन्द (विप्लव) समुह परित्याग गरी रामेछाप र सिन्धुपाल्चोकका जिल्ला इन्चार्जहरु क्रमशः यादव ढुंगेल ‘जमिन’ र गोपाल श्रेष्ठ ‘प्रयास’ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् ।
सोमबार साँझ खुमलटारमा आयोजित एक कार्यक्रमबीच नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् । पार्टी प्रवेश कार्यक्रममा विप्लव समुहका काभे्र जिल्लाका जिल्ला समिति सदस्य राजकुमार बुढाथोकी पनि नेकपा प्रवेश गरेका थिए ।
नवप्रवेशीहरुलाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले नेकपा सबै परिवर्तनकारी क्रान्तिकारीहरुको पार्टी भएको बताए । उनले भने, ‘ समृद्ध नेपाल निर्माणको महाअभियानमा सबै क्रान्तिकारी परिवर्तनकारी शक्तिहरु एकजुट हुनुपर्छ ।’
नवप्रवेशीहरुले अध्यक्ष प्रचण्डको नेतृत्वबाट नै देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको भन्दै समाजवाद निर्माणको अभियानमा उनकै नेतृत्वमा आफूहरु समाहित हुन मूलथलोमै फर्किएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आपसी सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजानुपर्छ : प्रधानन्यायाधीश श्रेष्ठ
-
प्रधानमन्त्रीले छलफलका लागि कांग्रेसका नेताहरूलाई बोलाए
-
बानेश्वरमा राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठक
-
सुर्खेत गोलीकाण्डका मुख्य अभियुक्त गिरी पक्राउ
-
न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमन चयन कायम हुन्छ : राष्ट्रपति पौडेल
-
राष्ट्रपतिद्वारा कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन