सनराइज फर्स्ट म्युचुअल फण्डले दश करोड म्युचुअल फण्ड इकाई बिक्री गर्ने, पायो बोर्डको अनुमति
सोमबार, २३ भदौ २०७६, १९ : १८
काठमाडौं–सनराइज बैंक लिमिटेडद्वारा स्थापित सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने ‘सनराइज फर्स्ट म्युचुअल फण्ड’ योजनाले एक अर्ब रुपैयाँ बराबरको सामुहिक लगानी कोष (म्युचअल फण्ड) योजनाका इकाईहरु बिक्रीमा ल्याउने भएको छ ।
नेपाल धितोपत्र बोर्डले आज मिति २०७६/०५/२३ गते संस्थालाई सो मात्राको फण्ड जारी गर्न अनुमति दिएको हो । कोष सुपरिवेक्षकहरुमा श्री चण्डी प्रसाद श्रेष्ठ, श्री कृष्ण बहादुर मानन्धर, श्री बुद्धि प्रसाद आचार्य, प्राध्यापक पूर्ण मान शाक्य र सि.ए. सुधिर कुमार शर्मा रहनु भएको छ ।
बोर्डको अनुमति पाएसँगै संस्थाले कोष व्यवस्थापक सनराइज क्यापिटल मार्फत अंकित मूल्य १० रुपैयाँको १० करोड इकाई बिक्री गर्न लागेको कम्पनीको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण