अफगान शान्ति वार्ता मरिसकेको छः ट्रम्प
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले अफगानिस्तानमा १८ वर्षदेखि जारी युद्ध समाप्त गर्ने उद्देश्यसहित तालिबानसँग जुन कुराकानी भइरहेको थियो त्यो ‘मरिसकेको’ बताएका छन् ।
ट्रम्पले ह्वाइट हाउसमा पत्रकारसँग भने, ‘जहाँसम्म मेरो कुरा छ, त्यो कुराकानी मरिसकेको छ ।’
अमेरिकी राष्ट्रपतिले आइतबार क्याम्प डेभिडमा तालिबानका एक प्रतिनिधिमण्डलसँग कुरा गर्ने कार्यक्रम थियो तर त्यसको एक दिन अघि ट्रम्पले बैठक रद्द गरे ।
दुबै पक्ष एक सम्झौताको निकै नजिक पुगिसकेका थिए ।
तालिबानले अफगान शान्ति वार्ताबाट पछि हट्ने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको निर्णयको आलोचना गर्दै यसले अमेरिकालाई नै हानी गर्ने बताएका थिए ।
अमेरिकी राष्ट्रपतिले अफगानिस्तानबाट अमेरिकी फौज फिर्तालाई आफ्नो विदेश नीतिलाई एउटा महत्वपूर्ण लक्ष्य बनाएको छ तर त्यहाँ भएका १४ हजार अमेरिकी सैनिकबारे सोध्दा उनले भने, ‘हामी त्यहाँबाट निस्कन चाहन्छौं तर हामी सही समयमा त्यहाँबाट बाहिर निस्कनेछौं ।’
अफगानिस्तान सरकारले कुराकानी समाप्त गर्ने अमेरिकाको निर्णयको स्वागत गदै यसलाई सही समयमा उठाएको सही कदम बताएको छ ।
के भने ट्रम्पले ?
ट्रम्पले अन्तिम पलमा भेटघाट रद्द गर्ने गर्नुको पछाडि काबुलमा भएको बम बिस्फोटलाई जिम्मेवार बताएका थिए जसमा एक अमेरिकी सैनिकसमेत १२ जनाको मृत्यु भएको थियो । तालिबानले यो हमलाको जिम्मेवारी लिएको थियो ।
पत्रकारसँगको कुराकानीमा राष्ट्रपति ट्रम्पले भने, ‘उनीहरुलाई लाग्यो कि हत्या गरेपछि उनीहरु कुराकानीको क्रमम उत्कृष्ट सम्झौता गर्ने स्थितीमा हुनेछन्... तर यो एउटा ठूलो गल्ती थियो ।’
ट्रम्पले थपे, ‘हाम्रो भेट निश्चित थियो । यो मेरो निर्णय थियो र त्यसलाई समाप्त गर्ने पनि मेरै निर्णय हो । मैले अरु कोहीसँग यसबारे छलफल गरेको छैन ।’
‘मैले क्याम्प डेविड वार्ता रद्द गरेँ किनभने उनीहरुले यस्तो काम गरे जुन उनीहरु गर्नै हुँदैनथ्यो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

