पत्रकार महासंघ बागमती प्रदेश समितिद्वारा पदभार ग्रहण

मकवानपुर । नेपाल पत्रकार महासंघ बागमती प्रदेशको नवनिर्वाचित कार्यसमितिका सदस्यहरुले पद तथा गोपनीयताको सपथसहित पदभार ग्रहण गरेका छन् । सोमबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ स्थित महासंघको कार्यालयमा एक कार्यक्रमका बीच निर्वाचन समितिका संयोजक नवराज शर्माले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए ।
महासंघ प्रदेश समितिका नवनिर्वाचित अध्यक्ष शिव देवकोटा, उपाध्यक्ष रुपेश दुलाल, महिला उपाध्यक्ष नानीमाया कार्की (सम्झना), महासचिव कृष्ण सारु मगर, कोषाध्यक्ष रमेश ढुंगेल र समावेशी सचिवमा राजन विक (गाउँले) तथा सदस्यहरुले पद तथा गोपनीयताको सपथ ग्रहण गरी पदभार सम्हालेका छन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका निवर्तमान अध्यक्ष प्रताप विष्टले नवनिर्वाचित अध्यक्ष देवकोटालाई पद हस्तान्तरण गरे । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका नवनिर्वाचित अध्यक्ष देवकोटाले लोकतन्त्रको सुदृढीकरण गर्दै पत्रकारहरुले अनुशासित हुँदै सत्य तत्थ समाचारलाई आफ्नो जिम्मेवारी सम्झेर काम गर्नुपर्नेमा जोड दिए ।
प्रस स्वतन्त्रता र पत्रकारिता क्षेत्रको विकासका लागि सबै श्रमजीवी पत्रकारहरू एक जुट भएर अघि बढ्नुपर्ने समय आएको उनले बताए । श्रमजीवी पत्रकारहरुको हकहितको काममा सबै पत्रकारहरू एकजुट भएर राजनितिक दलहरूको छायाँबाट पत्रकारिता क्षेत्रलाई मुक्त राख्नुपर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्लाइटन इन्टरनेशनल एजुकेसनले ‘टेस्ट प्रिपरेशन बुटक्याम्प ६.०’ गर्दै
-
धितोपत्र बोर्डका पदाधिकारीसँग अख्तियारले लियो बयान
-
होटलमा बोलाएर नग्न फोटो खिच्दै ‘हनी ट्रयाप’, घर र जग्गाको डिमान्ड
-
कारको ठक्करबाट सर्लाहीमा ७० वर्षीया वृद्धाको मृत्यु
-
बाघको आक्रमणबाट मनहरीमा महिला घाइते
-
एनआरएनएको बद्री केसी समूहलाई झट्का दिनेगरी परराष्ट्रले पठायो सबै दूतावासलाई सर्कुलर