बिहीबार, ०८ जेठ २०८२
ताजा लोकप्रिय
धितोपत्र बोर्ड पदाधिकारी

धितोपत्र बोर्डका पदाधिकारीसँग अख्तियारले लियो बयान

बिहीबार, ०८ जेठ २०८२, १८ : ०४
बिहीबार, ०८ जेठ २०८२

समाचार सारांश

  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आईपीओ स्वीकृतिमा अनियमितताको आशंका गर्दै धितोपत्र बोर्डका पदाधिकारीसँग बयान लिएको छ।
  • बोर्डका अध्यक्षसहित उच्च पदस्थ कर्मचारीसँग बयान लिइएको र आईपीओ निष्कासन प्रक्रियाबारे छानबिन भइरहेको छ।
  • आईपीओ स्वीकृतिका लागि कमिसन मागिएको आरोप र १४ कम्पनीलाई पाइपलाइनबाट हटाइएको छ, तर अझै ७५ कम्पनी सूचीमा छन्।

काठमाडौँ । आईपीओ स्वीकृति सम्बन्धमा अनियमितताको आशंका गर्दै छापा मारेकाे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल धितोपत्र बोर्डका पदाधिकारीसँग बयान लिएको छ । 

अख्तियारले मंगलबार बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठसहित उच्चपदस्थ कर्मचारीसँग बयान लिएको हो । केही समय अघि कार्यालयमै गएर अख्तियारले पाँच घण्टासम्म सोधपुछ गरेको थियो । मंगलबार भने ती पदाधिकारीलाई बोलाएरै सोधपुछ गरिएको स्रोतले जनाएको छ । 

अहिले बोर्डले आईपीओ निष्कासनको प्रक्रियाबारे छानबिन गरिरहेको छ । लामो समयदेखि आईपीओ रोकिएका कम्पनीहरुलाई किन अल्झाएर राखिएको आरोप बोर्डमाथि छ ।

यसबीचमा आईपीओ स्वीकृतिका लागि पाँचदेखि सात प्रतिशतसम्म कमिसन मागेको सूचनापछि आयोगले छानबिन थालेको थियो । 

अहिले बोर्डले आईपीओका लागि अयोग्य भएका १४ कम्पनीको सूची पाइपलाइनबाट हटाएको छ । अझै आईपीओको पाइपलाइन सूचीमा ७५ कम्पनी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप