धितोपत्र बोर्डका पदाधिकारीसँग अख्तियारले लियो बयान
सारांश
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आईपीओ स्वीकृतिमा अनियमितताको आशंका गर्दै धितोपत्र बोर्डका पदाधिकारीसँग बयान लिएको छ।
- बोर्डका अध्यक्षसहित उच्च पदस्थ कर्मचारीसँग बयान लिइएको र आईपीओ निष्कासन प्रक्रियाबारे छानबिन भइरहेको छ।
- आईपीओ स्वीकृतिका लागि कमिसन मागिएको आरोप र १४ कम्पनीलाई पाइपलाइनबाट हटाइएको छ, तर अझै ७५ कम्पनी सूचीमा छन्।
काठमाडौँ । आईपीओ स्वीकृति सम्बन्धमा अनियमितताको आशंका गर्दै छापा मारेकाे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल धितोपत्र बोर्डका पदाधिकारीसँग बयान लिएको छ ।
अख्तियारले मंगलबार बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठसहित उच्चपदस्थ कर्मचारीसँग बयान लिएको हो । केही समय अघि कार्यालयमै गएर अख्तियारले पाँच घण्टासम्म सोधपुछ गरेको थियो । मंगलबार भने ती पदाधिकारीलाई बोलाएरै सोधपुछ गरिएको स्रोतले जनाएको छ ।
अहिले बोर्डले आईपीओ निष्कासनको प्रक्रियाबारे छानबिन गरिरहेको छ । लामो समयदेखि आईपीओ रोकिएका कम्पनीहरुलाई किन अल्झाएर राखिएको आरोप बोर्डमाथि छ ।
यसबीचमा आईपीओ स्वीकृतिका लागि पाँचदेखि सात प्रतिशतसम्म कमिसन मागेको सूचनापछि आयोगले छानबिन थालेको थियो ।
अहिले बोर्डले आईपीओका लागि अयोग्य भएका १४ कम्पनीको सूची पाइपलाइनबाट हटाएको छ । अझै आईपीओको पाइपलाइन सूचीमा ७५ कम्पनी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण