१५ दिनभित्र रोयल्टी तथा आरटीडीएफको रकम तिर्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन
बिहीबार, ०८ जेठ २०८२, १७ : ४४
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले १५ दिनभित्र रोयल्टी तथा आरटीडीएफको रकम दाखिला गर्न इन्टरनेट सेवा प्रदायक (आईएसपी) लाई निर्देशन दिएको छ ।
प्राधिकरणबाट अनुमतिपत्र प्राप्त गरी सेवा सञ्चालन गरिरहेका ती सेवा प्रदायकले नियमानुसार बुझाउनुपर्ने लेखा परीक्षण विवरण, रोयल्टी रकम तथा ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ)को शुल्क बुझाउन निर्देशन दिएको हो ।
यो विषयमा प्राधिकरणबाट पटक पटक पत्राचार, इमेल तथा सूचना मार्फत जानकारी गराउँदा समेत विवरणसहित बाँकी बक्यौता रकम दाखिला नगरेको भन्दै प्राधिकरणले तोकिएको अवधिभित्र विवरण तथा बक्यौता रकम दाखिला नगरेमा दूरसञ्चार ऐन, २०५३ बमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाउने चेतावनी समेत प्राधिकरणले दिएको छ ।
त्यसरी रकम नतिर्नेमा डिसहोम, क्लासिक टेक, डिसहोम, वाईफाई नेपाल लगायत चर्चित आईएसपी समेत रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण