लन्डनमा एक नेपाली अलपत्र, प्रहरीद्वारा पहिचानको अपिल
बिहीबार, ०२ वैशाख २०७८, १४ : २०

बेलायतको लन्डनमा एक नेपाली अलपत्र अवस्थामा फेला परेका छन् । ग्रीनवीच प्रहरीले उनको तस्विर सार्वजनिक गर्दै उक्त कुराको जानकारी दिएको हो ।
साउथ इष्ट लन्डनको प्लमस्टिडमा अलपत्र अवस्थामा फेला परेका एक नेपालीको पहिचानका लागि स्थानीय प्रहरीले सार्वजनिक अपील गरेको छ । पहिचानको लागि आग्रह गर्दै ‘सम्भावित नेपाली’ व्यक्तिलाई चिन्नेहरुलाई प्रहरीमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
उनलाई स्थानीय एक अस्पतालमा पुर्याइएको भनिए पनि अस्पतालको बारेमा भने स्पष्ट खुलाइएको छैन । प्रहरीद्वारा सार्वजनिक तस्विरका व्यक्तिलाई चिन्ने वा उनीबारे कुनै जानकारी हुनेले ९९९ मा टेलिफोन गरेर रिफरेन्स CAD 2668 14 Apr 21 कोट गरी प्रहरीलाई खबर गर्न आह्वान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपाको प्रदर्शनस्थलबाट पक्राउ पर्नेको संख्या ५ पुग्यो
-
बजेटमा लुम्बिनी प्रदेश : रेलदेखि पेट्रोलियम अन्वेषणसम्म
-
भ्याट खारेज भएपछि डिजिटल कारोबार गर्दा कति लाग्छ शुल्क ?
-
बजेटमा निजी क्षेत्रले दिएका मध्ये धेरै सुझाव समेटियो : चन्द्र ढकाल
-
बजेट कार्यान्वयनमा विश्वस्त छु : अर्थमन्त्री
-
आगामी आर्थिक वर्षको बजेट घोषणा, सबै अपडेट एकै ठाउँमा हेर्नुहोस्