शुक्रबार, १६ जेठ २०८२
ताजा लोकप्रिय
पहिलो क्वालिफायर र एलिमिनेटरमा छैन रिजर्भ डे

पन्जाब र बेंगलुरुबिचको खेल वर्षाले रद्द भए कसलाई फाइदा ?

बिहीबार, १५ जेठ २०८२, १२ : १८
बिहीबार, १५ जेठ २०८२

समाचार सारांश

  • इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औँ संस्करणको पहिलो क्वालिफायरमा पन्जाब किङ्स र रोयल च्यालेन्जर्स बेंगलुरु भिड्दै छन्।
  • खेल मुल्लनपुरस्थित महाराजा यादवीन्द्र सिंह स्टेडियममा राति १९ः४५ बजे सुरु हुनेछ। वर्षाका कारण खेल रद्द भए पन्जाबले सिधै फाइनलमा स्थान बनाउनेछ।
  • पहिलो क्वालिफायर र एलिमिनेटर खेलका लागि रिजर्भ डे राखिएको छैन, तर दोस्रो क्वालिफायर र फाइनलका लागि भने रिजर्भ डेको व्यवस्था गरिएको छ।

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औँ संस्करणमा बिहीबार पहिलो क्वालिफायर खेल खेलिँदैछ । पहिलो क्वालिफायरमा पन्जाब किङ्स र रोयल च्यालेन्जर्स बेंगलुरु आपसमा भिड्दै छन् । 

यो खेलमा विजयी हुने टोली सिधै फाइनलमा पुग्नेछ । पराजित हुने टोलीले भने एलिमिनेटर खेलको विजेतासँग दोस्रो क्वालिफायर खेल्नु पर्नेछ । दोस्रो क्वालिफायर खेलमा विजयी हुने टोलीले पहिलो क्वालिफायर खेलको विजेतासँग उपाधिका लागि भिडन्त गर्नेछ ।  

पन्जाब र बेंगलुरुबिचको खेल मुल्लनपुरस्थित महाराजा यादवीन्द्र सिंह स्टेडियममा नेपाली समय अनुसार, राति १९ः४५ बजे सुरु हुनेछ । ३८ हजार दर्शक क्षमताको यो स्टेडियम पन्जाब किङ्सको अर्को घरेलु मैदान हो । 

पन्जाब र बेंगलुरुबिचको खेलमा वर्षाको सम्भावना निकै कम रहेको बताइएको छ । तर, पहिलो क्वालिफयार खेल वर्षाका कारण रद्द भए त्यसको फाइदा कसलाई पुग्छ त ? खासमा पहिलो क्वालिफायर खेल वर्षाका कारण रद्द भए त्यसको फाइदा पञ्जाबलाई पुग्नेछ ।

उक्त खेल वर्षाका कारण रद्द भए पन्जाब सिधै फाइनलमा पुग्नेछ भने बेंगलुरुले दोस्रो क्वालिफायर खेल्नु पर्नेछ । पहिलो क्वालिफायर र एलिमिनेटर खेलका लागि रिजर्भ डे (पहिलो दिन खेल नभए अर्को दिन खेलाउने) राखिएको छैन । 

दोस्रो क्वालिफायर र फाइनलका लागि भने रिजर्भ डे राखिएको छ । लिग चरणको अंक तालिकामा पन्जाब किङ्स पहिलो र रोयल च्यालेन्जर्स बेंगलुरु दोस्रो हुँदै प्ले–अफ चरणमा पुगेका हुन् । लिग चरणमा यी दुबै टोलीको अंक समान थियो । तर, नेट रन रेटमा पन्जाब अगाडि थियो ।

त्यसैले पहिलो क्वालिफायर खेल वर्षाका कारण रद्द भए त्यसको फाइदा पञ्जाबलाई पुग्नेछ । यस्तै अवस्था गुजरात टाइटन्स र मुम्बई इन्डियन्सबिच खेलिने एलिमिनेटर खेलमा पनि लागू हुनेछ । उक्त खेल वर्षाका कारण रद्द भए गुजरात दोस्रो क्वालिफायरमा प्रवेश गर्नेछ ।

यस्तो स्थितिमा मुम्बई उपाधि होडबाट बाहिरिने छ । लिग चरणको अंक तालिकामा गुजरात तेस्रो र मुम्बई चौथो हुँदै प्ले–अफ चरणमा पुगेकाले यस्तो अवस्था सृजना भएको हो । गुजरातको १८ र मुम्बईको १६ अंक थियो । एलिमिनेटर खेलमा भने वर्षाको सम्भावना रहेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप