पन्जाब र बेंगलुरुबिचको खेल वर्षाले रद्द भए कसलाई फाइदा ?
सारांश
- इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औँ संस्करणको पहिलो क्वालिफायरमा पन्जाब किङ्स र रोयल च्यालेन्जर्स बेंगलुरु भिड्दै छन्।
- खेल मुल्लनपुरस्थित महाराजा यादवीन्द्र सिंह स्टेडियममा राति १९ः४५ बजे सुरु हुनेछ। वर्षाका कारण खेल रद्द भए पन्जाबले सिधै फाइनलमा स्थान बनाउनेछ।
- पहिलो क्वालिफायर र एलिमिनेटर खेलका लागि रिजर्भ डे राखिएको छैन, तर दोस्रो क्वालिफायर र फाइनलका लागि भने रिजर्भ डेको व्यवस्था गरिएको छ।
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औँ संस्करणमा बिहीबार पहिलो क्वालिफायर खेल खेलिँदैछ । पहिलो क्वालिफायरमा पन्जाब किङ्स र रोयल च्यालेन्जर्स बेंगलुरु आपसमा भिड्दै छन् ।
यो खेलमा विजयी हुने टोली सिधै फाइनलमा पुग्नेछ । पराजित हुने टोलीले भने एलिमिनेटर खेलको विजेतासँग दोस्रो क्वालिफायर खेल्नु पर्नेछ । दोस्रो क्वालिफायर खेलमा विजयी हुने टोलीले पहिलो क्वालिफायर खेलको विजेतासँग उपाधिका लागि भिडन्त गर्नेछ ।
पन्जाब र बेंगलुरुबिचको खेल मुल्लनपुरस्थित महाराजा यादवीन्द्र सिंह स्टेडियममा नेपाली समय अनुसार, राति १९ः४५ बजे सुरु हुनेछ । ३८ हजार दर्शक क्षमताको यो स्टेडियम पन्जाब किङ्सको अर्को घरेलु मैदान हो ।
पन्जाब र बेंगलुरुबिचको खेलमा वर्षाको सम्भावना निकै कम रहेको बताइएको छ । तर, पहिलो क्वालिफयार खेल वर्षाका कारण रद्द भए त्यसको फाइदा कसलाई पुग्छ त ? खासमा पहिलो क्वालिफायर खेल वर्षाका कारण रद्द भए त्यसको फाइदा पञ्जाबलाई पुग्नेछ ।
उक्त खेल वर्षाका कारण रद्द भए पन्जाब सिधै फाइनलमा पुग्नेछ भने बेंगलुरुले दोस्रो क्वालिफायर खेल्नु पर्नेछ । पहिलो क्वालिफायर र एलिमिनेटर खेलका लागि रिजर्भ डे (पहिलो दिन खेल नभए अर्को दिन खेलाउने) राखिएको छैन ।
दोस्रो क्वालिफायर र फाइनलका लागि भने रिजर्भ डे राखिएको छ । लिग चरणको अंक तालिकामा पन्जाब किङ्स पहिलो र रोयल च्यालेन्जर्स बेंगलुरु दोस्रो हुँदै प्ले–अफ चरणमा पुगेका हुन् । लिग चरणमा यी दुबै टोलीको अंक समान थियो । तर, नेट रन रेटमा पन्जाब अगाडि थियो ।
त्यसैले पहिलो क्वालिफायर खेल वर्षाका कारण रद्द भए त्यसको फाइदा पञ्जाबलाई पुग्नेछ । यस्तै अवस्था गुजरात टाइटन्स र मुम्बई इन्डियन्सबिच खेलिने एलिमिनेटर खेलमा पनि लागू हुनेछ । उक्त खेल वर्षाका कारण रद्द भए गुजरात दोस्रो क्वालिफायरमा प्रवेश गर्नेछ ।
यस्तो स्थितिमा मुम्बई उपाधि होडबाट बाहिरिने छ । लिग चरणको अंक तालिकामा गुजरात तेस्रो र मुम्बई चौथो हुँदै प्ले–अफ चरणमा पुगेकाले यस्तो अवस्था सृजना भएको हो । गुजरातको १८ र मुम्बईको १६ अंक थियो । एलिमिनेटर खेलमा भने वर्षाको सम्भावना रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा
-
जर्मनीको सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ः जर्मनीको सुरुवाती अग्रता
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण