बजेट कार्यान्वयनमा विश्वस्त छु : अर्थमन्त्री
बिहीबार, १५ जेठ २०८२, १८ : ५७
काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले बजेट कार्यान्वयनको सूचीमा सूचीकृत हुनेमा विश्वास व्यक्त गरेका छन् ।
बिहीबार आर्थिक वर्ष २०८२/८३ को बजेट संसद्मा पेस गरेर बाहिरिने क्रममा सञ्चारकर्मीसँग बोल्दै उनले बजेट पूर्ण कार्यान्वयन हुने विश्वास व्यक्त गरे ।
‘कार्यान्वयन सन्दर्भमा जहिल्यै पनि चुनौती हुन्छन् । चुनौती पछ्याउँदै कार्यान्वयन हुने गरी बजेट प्रस्तुत गरेको छु । यो बजेट पूर्ण कार्यान्वयनको सूचीमा सूचीकृत हुनेमा मैले विश्वास लिएको छु’, उनले भने, ‘यो बजेट निजी क्षेत्रको आत्मबल बढाउने, मनोबल बढाउने र सहजीकरण गर्ने सबै दृष्टिकोणले अनुकूल छ । यो बजेटको विशेषता भनेको एकदमै वास्तविकता आएको छ । स्रोतभन्दा बाहिर गएर आएको छैन ।’
अहिलेको बजेट फुलेको वा सुनिएको नभई ऋण, स्रोतको व्यवस्थापन गर्ने गरी आएको उनले दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण