हवाई इन्धनको मूल्य घटाउन मन्त्री ढकालको निर्देशन
शुक्रबार, २१ जेठ २०७८, ०९ : १६
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भानुभक्त ढकालले हवाई इन्धनको मूल्य घटाउन सम्बन्धित निकायका पदाधिकारीलाई निर्देशन दिएका छन्।
मन्त्री ढकालले मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मन्त्रालयका सचिव दिनेश भट्टराई, नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल, नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक राजन पोखरेल, नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेललगायतसँग छलफल गरेर मूल्य घटाउन निर्देशन दिएका हुन्।
मन्त्री ढकालले उनीहरूसँग बिहीबार छलफल गरेका थिए।
अन्तर्राष्ट्रिय विमान कम्पनीले प्रयोग गर्ने हवाई इन्धनको मूल्य घटाउन विभिन्न संस्थाहरूले माग पनि गर्दै आएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बस्ती जोगाउन झिझरी खोलामा तटबन्ध
-
‘चुरेको विनाशलाई नकार्न सकिँदैन, तर न्यूनीकरण गर्न सकिन्छ’
-
रानीपोखरीमा यसरी गरियो विपद् उद्धार अभ्यास (तस्बिरहरु)
-
ज्योतिनगर पहिरो : अल्पकालीन धेरै, दीर्घकालीनतिर ध्यानै छैन
-
यस्तो छ अनेरास्ववियुको २०१ सदस्यीय निर्वाचित केन्द्रीय कमिटी (नाम र मतसहित)
-
वीरगन्जमा ट्रकमा मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु, एकजना गम्भीर