‘चुरेको विनाशलाई नकार्न सकिँदैन, तर न्यूनीकरण गर्न सकिन्छ’
सारांश
- चुरे पहाडको भौगोलिक बनोट, निर्माण प्रक्रिया र यसको जोखिमबारे जानकारी दिइएको छ। पहाड पहिरो र भूस्खलनका लागि जोखिमपूर्ण क्षेत्र हो।
- बुटवल क्षेत्रमा चुरेको फेदीमा अवस्थित बस्तीहरू प्राकृतिक विपत्तिबाट प्रभावित हुने गरेका छन्, सिद्धबाबा क्षेत्रमा पहिरो जाँदा यात्रामा समेत बाधा पुगेको छ।
- चुरे क्षेत्रको संरक्षण र क्षति न्यूनीकरणका लागि वृक्षरोपण, भू-उपयोग योजना, समुदायको सहभागिता र दिगो व्यवस्थापन जस्ता उपायहरू आवश्यक छन्।
नेपाल भूमिको संचरना आजभन्दा झन्डै ७ करोड वर्ष पहिले टर्सियरी काल (डाइनोसरहरूको अन्त्यपछि सुरु भएको युग) मा टेथिस सागर खाँदिँदै जाँदा पृथ्वीको आन्तरिक शक्तिको उत्थानको फलस्वरूप बनेको हो ।
मुख्य हिमालय, तिब्वत सिमान्त हिमालय, महाभारत पहाड र बिच भोट क्षेत्र, टारीहरू त्यसै सिलसिलामा बनेका हुन् । यसै पहाडी क्षेत्रअन्तर्गत दक्षिणमा रहेको पहाडी भूभाग, जुन झन्डै पाल्पाबाट सुरु भई दक्षिणको बुटवल क्षेत्रसम्म लगभग २५ देखि ३० किलोमिटरको चौडाइमा फैलिएको पहाडलाई चुरे भनिन्छ ।
चुरे पहाडको भौगर्भिक संरचनामा नवीन समूहका चट्टान पाइन्छन् । यसको निर्माण आजभन्दा झन्डै १० लाख वर्ष पहिल्यै उत्तरबाट बग्ने नदीहरूद्वारा बगाइल्याएको माटो, गिटी बालुवा ढुङ्गा आदि भएको पाइन्छ । चुरे पहाडको निर्माण उत्तरबाट बग्ने नदीहरूले बगाइल्याएको पदार्थ थुपारेर तथा आन्तरिक उत्थानको कारण भएकोले यसमा जीवाशेषको मात्रा पनि रहेको छ ।
चुरे पहाड वा शिवालिक पर्वत शृङ्खलाको संरचना खुकुलो माटो, ढुङ्गा गिटी, बालुवा तथा गेग्रान आदिद्वारा भएकाले यो क्षेत्र पहिरो तथा भू–स्खलनका लागि जोखिम क्षेत्रको रूपमा चिनिन्छ ।
नेपालको रुपन्देही जिल्ला २७ डिग्री २० मिनेट उत्तरी अक्षांशदेखि २७ डिग्री ४७ मिनेट उत्तरी अक्षांशसम्म छ भने ८३ डिग्री १२ मिनेट पूर्वीदेशान्तरदेखि ८३ डिग्री ३८ मिनेट पूर्वी देशान्तरसम्म रहेको छ । बुटवल क्षेत्रअन्तर्गत पर्ने चुरे पहाडको अवस्थिति पनि यिनै अक्षांश तथा देशान्तरबिच रहेको पाइन्छ ।
चुरेको निर्माण मायोसिनकालमा बालुवा गिटी तथा कंकड आदि खुकुला पदार्थबाट भएको हो । महाभारत पहाडको उत्थानपछि मात्र १० लाख वर्ष पहिल्यै प्लेस्टोसे युगमा चुरेको निर्माण भएको अनुमान गरिएको छ । यस्तै चुरे पहाडबाट जोडिएको दक्षिणको समथर भू–भाग तराई खण्ड पनि प्लेस्टोसे युगमा भएको पाइन्छ ।
रुपन्देही जिल्लाको उत्तरको सिमानालाई आधार मान्दा चुरे पहाडबाट झन्डै ५ सय मिटरदेखि दक्षिणतर्फ भारतको सिमानासम्म १५० मिटर रहेको पाइन्छ । चुरे पहाडबाट दक्षिणमा लगभग ८ देखि १२ किलोमिटरको क्षेत्रफललाई भावर क्षेत्र भनिन्छ । चुरे पहाडको सरदर उचाइ एक हजार मिटर भए पनि बुटवल क्षेत्रमा यसको उचाइ औसत ९ सय मिटर जति छ ।
चुरे पहाड जैविक विविधता वनजंगल ससाना नदीहरूको उत्पत्ति तथा पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण भए पनि यसको भू–बनोट संरचना आदि खुकुलो पदार्थबाट भएको हो । त्यसैले यसले पारेको नकारात्मक प्रभावलाई नर्कान सकिँदैन । भौगर्भिक अनुसन्धानको आधारमा पत्ता लगाएअनुसार चुरेको संरचना बालुवा, ढुङ्गा, गिटी कंकडजस्ता पदार्थहरूबाट भएकाले यसलाई खुकुलो संरचनाको रूपमा लिइन्छ । त्यसैले यसमा भू–क्षय पहिरोजस्ता प्राकृतिक प्रक्रियाहरू धेरै सक्रिय भएको पाइन्छ । त्यसैले यसले जुनै वेला पनि प्राकृतिक विपत्ति निम्त्याउन सक्छ । चुरेमा भूकम्पीय क्रियाकलाप अझ बढी सक्रिय हुन्छ ।
बुटवल उपमहानगरपालिकाका ज्योतिनगर र लक्ष्मीनगर तथा आदर्श आदि यही खुकुलो चुरेको फेदी तथा पहाडमै छन् । जसले प्रत्येक वर्ष प्राकृतिक विपत्ति सामना गरिरहेका छन् । यस्ता ठाउँमा सम्बन्धित निकाय वा सरकारले बस्ती बसाल्न दिनु हुँदैन ।
चुरे पहाडअन्तर्गतको सिद्धबाबा क्षेत्रमा पहिरो गई मानिसका लागि आवागमन मा बाधा पु¥यारहेको छ । जसले गर्दा सिद्धार्थ राजमार्गबाट यात्रा गर्ने मानिसलाई जोखिमपूर्ण यात्रा तय गर्नुपरेको छ । चुरेको माटो संरचना यति खुकुलो भइसकेको छ कि, सुक्खायाममा कहिलेकाही माटो, ढुङ्गा, गिटी तथा ठुल्ठुला चट्टान खसिरहेका हुन्छन् ।
चुरे पहाडले बुटवलको सुन्दरता बढाए पनि यसले गर्ने समस्या धेरै छन् ।
१ उच्च संवेदनशीलता – बुटवल चुरेको फेदीमा अवस्थित भएकोले अति संवेदनशील छ ।
२ बृहत् मात्रामा माटो नोक्सान– भिरालो क्षेत्रबाट बर्सेनि बृहत् मात्रामा माटो नोक्सान हुने गर्छ ।
३ जोखिम वृद्धि: वर्षायाममा पहिरो बाढीले गर्दा यो क्षेत्र उच्च जोखिममा छ ।
४ भूक्षय तथा माटो थुपार्ने: पहाडको माथिल्लो भागमा भूक्षय भई त्यो माटो पहाडको फेदीमा तथा तिनाउ नदीमा थुप्रिन जान्छ ।
५ नदीको पिँधमा माटो थुप्रने गर्छ ।
उपायहरू: चुरे क्षेत्रको हुने क्षति र नोक्सानीलाई निम्नलिखित उपायहरू अपनाएर न्यूनीकरण गर्न सकिन्छ ।
१ चुरे क्षेत्रको कुन भागमा वृक्षरोपण गर्ने र कुन भागको माटो ढुङ्गा, गिटी बालुवा निकाल्ने आदि स्थानीय प्रशिक्षक तथा संघीय सरकारबाट व्यवस्थित र भू–उपयोग आयोजना सञ्चालन गर्नुपर्छ ।
२ जोखिमयुक्त पहाडलाई हटाउने – चुरे क्षेत्रको जुन भाग कमजोर र पहिरो, भू–क्षय जाने खालको छ । सो भू–भागलाई बृहत्तर योजनाद्वारा पहाड काट्नुपर्छ ।
३ चुरेक्षेत्रको जोखिमयुक्त भू–भागलाई हटाइयो भने सो ठाउँमा पर्यटकीय विकास गर्न सकिन्छ ।
४ चुरे क्षेत्रको वन जंगल संरक्षणका लागि त्यस क्षेत्रका समुदायको प्रत्यक्ष सहभागितामा कार्यक्रम सञ्चालन गर्नुपर्छ । जस्तैः तालिम, सचेतना ।
५ चुरे क्षेत्रबाट प्राप्त ढुङ्गा, बालुवा आदिको दिगो व्यवस्थापन आवश्यकताका आधारमा हुनुपर्छ ।
६ चुरे पहाडमा हुने वन विनास र दोहन नियन्त्रण गर्नुपर्छ । यसका लागि बायोग्यास सौर्य ऊर्जा तथा सुधारिएको चुलो सञ्चालनमा ल्याई चुरे पहाडबाट प्राप्त हुने इन्धनको दोहन रोक्न सकिन्छ ।
७ चुरे पहाडबाट हुने भू–क्षय बाढीपहिरो न्यूनीकरण गर्न विशेष किसिमको कार्यक्रम स्थानीय सरकारबाट लागु गर्नुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण