यस्तो छ अनेरास्ववियुको २०१ सदस्यीय निर्वाचित केन्द्रीय कमिटी (नाम र मतसहित)
सारांश
- अनेरास्ववियुको अध्यक्षमा डा. सुदेश कडरिया ७ मतले विजयी, प्रतिस्पर्धी प्रकाश पौडेललाई पराजित गर्दै।
- अनेरास्ववियुको २४औँ महाधिवेशनमा कडरिया प्यानलको बहुमत, पदाधिकारीमा अधिकांश सदस्य निर्वाचित।
- निर्वाचनबाट अनेरास्ववियुको १५१ सदस्यीय केन्द्रीय कमिटी चयन, विभिन्न पदमा नयाँ पदाधिकारी निर्वाचित।
काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको गएराति सम्पन्न मतगणनामा प्रतिस्पर्धी प्रकाश पौडेललाई ७ मतले पछि पार्दै सुजन कडरिया अध्यक्ष निर्वाचित भएका छन्। डा कडरियाले ७३२ मत प्राप्त गर्दा पौडेलले ७२५ मत मात्र पाए ।
अनेरास्ववियुको २४ औँ राष्ट्रिय महाधिवेशनमा डा कडरिया र पौडेलले प्यानल सहित प्रतिस्पर्धा गरेका थिए । पदाधिकारीमा पनि अधिकांश कडरिया प्यानलकै निर्वाचित भएका छन् । महिला उपाध्यक्षमा अञ्जना शिवाकोटी र खुलातर्फ विकास श्रेष्ठ निर्वाचित हुँदा महासचिवमा दीपक धामी निर्वाचित बने ।
उपमहासचिवमा कमल जोशी पौडेल प्यानलबाट निर्वाचित भए । चार सचिव पदमा आकाश घर्ती, रचना सापकोटा, गोपाल नेपाल र सबिमबाबु खान निर्वाचित हुँदा निर्वाचन आयोगको अध्यक्षमा जितप्रसाद सिटौला निर्वाचित भए भने आयोगको उपाध्यक्षमा प्रविन गिरी र सचिवमा विशाल पराजुली निर्वाचित भएका छन् ।
त्यसैगरी लेखा आयोग अध्यक्षमा अञ्जली लम्साल निर्वाचित भइन् । उपाध्यक्षमा समीक्षा ढकाल र सचिवमा गगनसिंह बस्नेत निर्वाचित भए। अनुशासन आयोगको अध्यक्षमा सुमन घिमिरे र उपाध्यक्षमा आकाश गिरी निर्वाचित भए भने सचिवमा स्मृति अधिकारी निर्वाचित भएकी छन् ।
निर्वाचनमार्फत अनेरास्ववियुको १५१ सदस्यीय केन्द्रीय कमिटी चयन भएको छ, भने आयोगका अध्यक्ष र पदाधिकारी पनि निर्वाचित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
-
कुशलको नाममा अर्को शतक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण