मेलम्चीको पानी ‘बाचा’मै सीमित !
बुधबार, २५ भदौ २०७६, १४ : ३९
काठमाडौँ– सांसद सरला कुमारी यादवले मेलम्चीको पानी काठमाडौ ल्याउने सरकारी पक्षको पटकपटकको वाचा वाचामै सीमित हुन पुगेको भन्दै पानी ल्याएर बाचा पूरा गर्न सरकारलाई आग्रह गरेकी छन् ।
बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद यादवले २०७२ सालदेखि मेलम्चीको पानी काठमाडौमा खस्ने भन्दै आएपनि २०७६ सम्म पनि पानी नआउदा उपत्यकावासी आसैआसमा बाँच्न बाध्य भएको बताएकी हुन् ।
उनले मेलम्चीको काम ९७ प्रतिशत सम्पन्न भएपनि इटालियन ठेकेदार कम्पनीले पाउने रकम विवाद देखाएर काममा बाँकी काम पूरा गर्न सरकारले ढिलाइ गरेको आरोप लगाइन् ।
‘ठेकेदार कम्पनीले काम छोडेर गएपछि आयोजना अलपत्र अवस्था छ । तसर्थ छिटोभन्दा छिटो अलपत्र परेको काम सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउँछु’ सांसद यादवको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमी शैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण