लगानीका लागि सबैखालका कानुनी जटिलताको समाधान गर्छौं: मुख्यमन्त्री शाही
काठमाडौं– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीमा लगानीका लागि सवैखालका कानुनी जटिलताको सामाधान गर्ने बताएका छन् । नेपाल उद्योग परिसंघको आयोजनामा बुधवार राजधानीमा भएको नेपाल पूर्वाधार सम्मेलनमा मुख्यमन्त्री शाहीले प्रदेश सरकारले स्थानीय तथा संघीय सरकारसंग समन्वय गर्दै सवै खालका कानुनी तथा संवैधानिक जटिलताको सामाधान गर्ने बताए ।
कर्णालीमा जलविद्युत, कृषि, पर्यटन, पुर्वाधार तथा उद्योगका क्षेत्रमा लगानी गर्दा राम्रो प्रतिफल प्राप्त हुने बताउँदै मुख्यमन्त्री शाहीले ढुक्कका साथ लगानी गर्न नीजि क्षेत्रलाई आग्रह गरे। मुनाफा र लगानी सुरक्षाको ग्यारेन्टी दिन प्रदेश सरकार तयार रहेको भन्दै मुख्यमन्त्री शाहीले कर्णालीमा नीजि क्षेत्रको लगानी भित्रिनेमा आफु विश्वस्त रहेको बताए ।
अधिकाँश हिमाली क्षेत्र, सबैभन्दा लामो कर्णाली नदी, रारा, शेफोक्सुण्डो, तथा मनमोहक जंगली पाटन सहितको कर्णाली प्रदेशमा पर्यटन विकासको राम्रो संभावना रहेको उनले बताए । धार्मिक पर्यटनको विकासमा पनि राम्रो सम्भावना रहेको भन्दै मुख्यमन्त्री शाहीले पुर्वाधार विकासमा पनि नीजि क्षेत्रको लगानी आवश्यक रहेको बताउँदै कर्णाली र भेरी करिडोरमा द्रुतमार्ग, सुर्खेतमा अन्तर्राष्ट्रिय विमानस्थल, जलविद्युत उत्पादन तथा ४०० केभिएको विद्युत प्रशारण लाईन विस्तारमा पनि नीजि क्षेत्रले लगानी गर्न सक्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण