एनआरएन अभियानका लागि केन्द्रीय उपाध्यक्ष पन्तद्वारा एक करोड सहयोग
बुधबार, २५ भदौ २०७६, १९ : ५२
काठमाडौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष तथा आगामी कार्यकाल २०१९–२०२१ का अध्यक्ष पदका उम्मेद्वार कुमार पन्तले संघको अभियानलाई आगाडि बढाउनका लागि एक करोड प्रदान गरेका छन् ।
संघका अध्यक्ष भवन भट्टको आग्रह अनुसार संघको खातामा एक करोड रुपैयाँ राखिदिएको उपाध्यक्ष पन्तले जानकारी दिए ।
संस्थाले सञ्चालन गरिरहेको ठूला योजनालाई निरन्तरता दिन केहि आर्थिक कठिनाई परेकोले संस्थागत योजना र कार्यलाई जीवन्त बनाउने उद्देश्यले बिनासर्त सहयोग गरेको पन्तले बताए ।
यसअघि निवर्तमान अध्यक्ष शेष घलेले गोरखा भूकम्पका बेला राहत, उद्धार, पुनस्थापना र पुनर्वासका लागि एक करोड रुपैयाँ सहयोग गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण