वडा कार्यालयमा आगजनी
शुक्रबार, २७ भदौ २०७६, १३ : १५
कञ्चनपुर– भीमदत्त नगरपालिका वडा नं १९ को कार्यालयमा गएराति अज्ञात समूहले आगजनी गरेको छ । वडा कार्यालयको ताला फुटाली भित्र आगजनी गरिएको थियो ।
आगजनीबाट कार्यालयभित्र राखिएका फर्निचर, महत्वपूर्ण कागजपत्रसहितको दराजलगायत जलेर क्षति पुगेको नगरप्रमुख सुरेन्द्र विष्टले बताए ।
आगजनी गरिएको ठाउँमा नेकपा (विप्लव) समूहको नामबाट छाडिएको पर्चासमेत फेला परेको जानकारी दिँदै उनले भने, ‘कसले आगजनी गरेको हो भन्नेबारे अझै पुष्टि हुन सकेको छैन तर कार्यालयमा भएको क्षतिको विवरण भने सङ्कलन गरिएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण