छोराले खेलाएको त्यो लाइटरले बेदप्रसादको बासनै उठायो
-रामहरि श्रेष्ठ
ओखलढुंगा– ओखलढुंगामा छोराले खेलाएको लाइटरबाट घरमा आगलागी हुँदा साढे तीन लाख बराबरको क्षति भएको छ । जिल्लाको सिद्धिचरण नगरपालिका १० बेतिनीमा स्थानीय बेदप्रसाद धमलाको घरमा आगलागी हुँदा करिव साढे तीन लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ ।
शुक्रबार बिहान श्रीमन बेदप्रसाद खेतमा निस्किएको र श्रीमती भान्छामा रहेका बेला ९ बर्षका छोराले खोलाइरहेको लाईटरबाट अचानक घरमा आगो सल्किएको प्रहरीको अनुमान छ । आगलागीबाट कुनै मानवीय क्षति नभएपनि नगद तथा जिन्सी समानहरु भने पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक राजिव श्रेष्ठले बताए ।
बिहान करिब ८ बजेतिर घरमा आगलागी हुदाँ घरभित्र रहेका अन्नपात तथा लत्ताकपडासहित नगद समेत जलेर नष्ट भएको पीडितको भनाई छ । आगलागी भएको एक घन्टापछि मात्र प्रहरीलाई खबर गरेकाले घटनास्थलमा प्रहरी पुग्दा घर पूर्णरुपमा जलेर नष्ट भैसकेको प्रहरी निरीक्षक श्रेष्ठले बताए । आगलागीपछि पीडित परिवार गोठमा बसिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण