नेयमारको निर्णायक गोल
आइतबार, २९ भदौ २०७६, ०८ : २०
सुपर स्टार स्ट्राईकर नेयमारले निर्णायक गोल गरेपछि फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मन (पीएसजी) ले साँघुरो जित निकालेको छ । शनिबार राति भएको खेलमा पीएसजीले स्टार्सबर्गलाई १–० गोलले हरायो । घरेलु मैदानमा पीएसजीलाई जिताउन नेयमारले निर्णायक गोल गरे ।
दोस्रो हाफको इन्जुरी समयमा नेयमारले उत्कृष्ट बाईसाइक्लिङ गोल गरेका थिए । पीएसजी छाड्ने चर्चा चलेका नेयमारले लिगका अघिल्ला खेलमा खेलेका थिएनन् । यद्यपी उनको पीएसजी छाड्ने चर्चा अझै सेलाएको छैन ।
जितसँगै शीर्ष स्थानमा रहेको पीएसजीले पाँच खेलबाट १२ अंक बनाएको छ । स्टार्सबर्गले पाँच खेलबाट तीन अंक बनाएको छ । दोस्रो स्थानमा रहेको रेनेसको १० अंक छ । शनिबार रातिनै भएको अर्को खेलमा रेनेस ब्रेस्टसँग गोलरहित बराबरीमा रोकिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण